सुक्रबारदेखि समाजवादीले सात प्रदेशमा अभियान थाल्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

सुक्रबारदेखि समाजवादीले सात प्रदेशमा अभियान थाल्ने

साइनो समाचारदाता

पथरी । प्रतिपक्षी समाजवादी पार्टीले माघ ३ गते शुक्रबार (भोलि)देखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको छ ।

पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका विसु अभियान थाल्ने भएको हो । अभियानलाई सञ्चालन गर्न समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक राजेन्द्र श्रेष्ठले अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा भाग लिने बताएका छन् । अभियानको उद्घाटन तथा अभिमुखिकरण ७ वटै प्रदेशमा एक साथ हुनेछ ।


प्रदेश नं. १ को अभियानमा वरिष्ठ नेता, अशोक कुमार राई विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय परशुराम खापुङ र रकम चेम्जोङ, महाचिव रणध्वज कन्दङवा र सचिव परशुराम वस्नेतलगायतले सम्बोधन गर्नेछ । अभियानमा पार्टी केन्द्रीय सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, सङ्घीय परिसद् सदस्यहरु, प्रदेश समिति, पहिचान समितिहरु, जिल्ला समन्वय समितिका अगुवाहरु, पालिकास्तरी समितिका नेता तथा कार्यकर्ताहरु सहभागी हुदैछन् ।

प्रदेश नं. २ सभामा प्रमुख अतिथि केन्द्रीय समिति अध्यक्ष मा. उपेन्द्र यादव, विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय. रेणुकुमारी यादव र मूख्य मन्त्री लालबावु राउत, महासचिव रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव प्रशान्त सिंको रुपमा सहभागी हुदैछन् । प्रदेश नं. ३ मा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, महासचिव गंगानारायण श्रेष्ठले सम्बोधन गर्दै अभियान सुचारु थालिने भएको छ ।

गण्डकी प्रदेशको अभियान सङ्घीय परिषद अध्यक्ष डा.वावुराम भट्टराई, उपमहासचिव डम्बर खतिवडालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको समाजवादीले जनाएको छ । प्रमुख अथितिको रुपमा उपाध्यक्ष नवराज सुवेदी विशिष्ठ अतिथिको रुपमा सचिव मा. मो.इस्तियाक राईले उद्घाटन गर्दै प्रदेश ५ मा अभियान थालिने भएको छ । कर्णाली प्रदेशमा भने उपाध्यक्ष युवराज कार्की, सचिव भक्त बहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सुदुरपश्चिम प्रदेशको अभियानमा भने प्रमुख अतिथिको रुपमा उपाध्यक्ष हेम राज राई, वशिष्ठ अतिथिहरूको रुपमा उपमहासचिव दान बहादुर विश्वकर्मा र सचिव दुर्गा सोवको रुपमा उपस्थित भई सम्बोधन गर्ने भएको छ । प्रदेश नं १ मा रकम चेम्जोङ, प्रदेश नं २ मा लालबाबु राउत, प्रदेश नं ३ मा हिसिला यमी, प्रदेश नं ४ (गण्डकी प्रदेश)मा हेमराज राई, प्रदेश नं ५ मा नवराज सुवेदी, प्रदेश नं ६ (कर्णाली प्रदेश) रं ७ (सुदुरपश्चिम प्रदेश) मा युवराज कार्कीलाई अभियानको अनुगमनकर्ताको रुपमा जिम्मेवारी दिएको छ ।

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने छन् । जिल्लामा सम्बन्धित जिल्लाका वरिष्ठतम तथा कृयाशील केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइने छ । समाजवादी पार्टीले यस अभियानमार्फत आधारभूत तहसम्म पार्टी संगठन विस्तार गर्ने छन् । गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा वडा समिति र गाउँ तथा टोलमा प्रारम्भिक समिति बनाउने कामलाई तीब्रता दिइने छ । पार्टी एकताको उर्जालाई संगठनमा रूपान्तरण गर्ने, गाउँ गाउँ र टोल टोलसम्म पार्टी संगठन बनाउने, ब्यापक रूपमा पार्टी प्रवेश गराउने र पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यका साथ अभियान चलाउन लागेको कुरा केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर