साइनो समाचारदाता
सोलुखुम्ब । जिल्लाको दुधकुण्ड नगरपालिका ८ केरुङ बस्ने मानकाजि थापा मगरको घरमा आगलागी भएको खबर प्राप्त भएको छ । बुधबार राती साढे ११ बजे आगोलागी हुुदा ६५ लाख बराबरको क्षति भएको छ ।
थापा मगरको ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र सो घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षती भएको बताइएको छ । घटना हुने वित्तिकै प्रहरी चौकी केरुङको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयबासी बिहान साढे ३ बजे आगो निभाएको थियो ।
















