साइनो समाचारदाता
पाँचथर । पाँचथरको पृथ्वी माविको खेलमैदान यासोकमा तेस्रो कुम्मायक गोल्डकपमा आज (बिहीबार) दुई खेल हुने छ । सेमिफाइनल प्रवेशका लागि पहिलो खेल फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबीच भएको छ । दोस्रो खेल फालेलुङ र हिलिहाङ गाउँपालिकाबीच हुने आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।
बुधबार भएको खेलमा तुम्बेवा गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै कुम्मायकले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ ।
















