
साइनो समाचारदाता
माङ्सेबुङ(इलाम) । माघे सक्रान्ति सत्यहाङ्मा शान्ति मकर मेला इलामको माङ्सेबुङ खत्रक्पा र फुलुङ्गीमा यस बर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा, पूर्वराज्य मन्त्री बेनुप प्रसाई, संघीय सांसद एलपि सावालगायतका उपस्थिति रहेको थियो । फुलुङ्गी स्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले साधना गरिएको स्थलमा माङ्हिम निर्माण गर्नका लागि मन्त्री नेम्बाङले ढुङ्गा गाडेर शिलान्यास गरे ।
नेम्बाङले बाटो घाटोका लागि आवश्यक बजेट छुट्याउने आश्वासन समेत दिए । किरात धर्मगुरु सेइङले माघे सक्रान्ति मेलाले सबैमा शान्ति र सुब्याबस्था कायम राख्दै आपसी मेलमिलाप भातृत्व कायम राख्नुपर्ने बताउँदै किरात धर्मवलम्बीको मात्रै होइन सबै धर्मावलम्बीले आफ्नो आस्था अनुसारको शक्तीपिठका लागि आआफ्नो सस्कार सस्कृति धर्म झल्काउने खालका संरचना गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्ञान सिद्व भूमि खत्रक्पा र वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको तपोभूमि फुलुङगीमा साता दिने मकर मेला र विशेष येत् नाम्धुङ लधुङ सेमी सेवा, विश्व शान्ति तथा मानव एकताका लागि बिषेश सेवा, सावायेहाङ आप्लुङ्गेन ताङ्सेप सेवा समेत भएको थियो ।

कार्यक्रम १ लाख ८ हजार ८ सय आठ दीप प्रज्वलन गरी किरात धर्मगुरुदाम्पतीले उद्घाटन गरेका थियो । त्यस्तै फुलुङ्गी गुफाडाडामा पनि सोही समयमै १ लाख ८ हजार ८ सय ८ दीप प्रज्वलन गरिएको थियो । जगत बहादुर लाओतीको अध्यक्षतामा सम्पन्न मेलामा भारत, अमेरिका, बेलायय, हङकङ, बर्मालगायत नेपालका विभिन्न मुलुकमा रहेका हजारौं महानुभावहरुको उपस्तिथि रहेका थिए ।



तस्वीरः सुमन लावती
















