पथरी जेसिज बर्ष २०२० को अध्यक्षमा सन्तोष ढुङ्गेल निर्वा्चित हुनुभएको छ । आइतबार समपन्न शाखाको सातौ साधारण सभाबाट ढुङ्गेल निर्वा्चित हुनुभएको छ । नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष अशोक शंकर संस्थापक अध्यक्ष रहेको पथरी जेसिजको कार्यकारिणी उपाध्यक्षमा अनिता राई र ईश्वरी सापकोटा सर्बसम्मत रुपमा चयन हुनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा निरोज बस्नेत, राजकुमार बिक, लक्ष्मी भट्टराई गिरि, भुवन थापा, निर्वा्िचत हुनु भएको निर्वाचन समितीका संयोजक जेसि टिकाबिक्रम चौहानले बताउनु भयो ।
ढुङ्गेलले पथरी जेसिजको २०१७ मा महासचिव, २०१९ मा कोषाअध्क्षयको भुमिकामा रही आफ्नो कार्य सम्पन्न गरी सक्नु भएको छ ।
















