हरियाली बनले कम्पनी दर्ता गराउने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हरियाली बनले कम्पनी दर्ता गराउने

साइनो समाचारदाता

मोरङ । जिल्लाको पथरी शनिश्चरेमा हरियाली सामुदायिक बन लिमिटेड दर्ता गरिने भएको छ । हरियाली सामुदायिक बन उपभोक्ता समूहको विशेष साधारण सभाले हरियाली कम्पनी बनाउने निर्णय गरेको बनका अध्यक्ष काबुलबहादुर मगर(विकास)ले जनाएका छन् ।

हरियाली सामुदायिक वन लिमिटेड कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर पर्यटन विकासमा लाग्ने निर्णय भएको छ । दर्ताको लागि सभाले वनको पूर्व अध्यक्ष देविप्रसाद भेटवाल अध्यक्ष, सचिव रमेश दाहाल, सदस्यहरुमा रिता गिरी, सुमित्रा थाङ्देन, अशोक साम्पाङ राई, रोहित वास्तोलाको ६ सदस्यीय समिति गठन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बास्तोला)ले नगरमा शिक्षा, स्वास्थ्य, विकास निर्माण कार्यमा कडाइको साथ अनुगमन गर्दा गुनासो र वेलावेला कर्मचारीहरुले दम्भ देखाएको आरोप लाग्ने गरेको बताएकी छन् । केही दिन अघि करिव ८० बर्षको वृद्धालाई स्वास्थ्य स्थिति हेर्न नगर अस्पतालको डाक्टर घरमा लाने अवरोध गर्न खोजेको आरोप लगाइन् । पथरीशनिश्चरे नगरले ८० बर्ष माथिको वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि घरमै स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय पास भएको उपमेयर विष्टको भनाइ छ । सोही अनुसार वडा नम्बर ३ को जेष्ठ नागरिक गोमादेवी गौतमलाई स्वास्थ्य स्थिति हेर्न डाक्टर पठाउने क्रममा स्वास्थ्य संयोजक मुरारी आचार्यले स्वास्थ्यकर्मी घरमा लान अवरोध गर्न खोजेको आरोप लगाइन् । यद्यपि विरामी गोमादेवी गौतमको शनिवार देहान्त भएको छ । सोही विषयलाई लक्षित गर्दै उमप्रमुख विष्टले राम्रा काम गर्दा कर्मचारीबाट वाधा अवरोध हुने गरेकोमा गुनासो गरिन् । कर्मचारी जनताको सेवक बनेर काम गर्न उपप्रमुखको निर्देशन थियो । नगरपालिकामा स्थापित नगर अस्पताल नगरपालिका, स्थानीयबासी र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पहलमा दुई जना एमबीबीएस डाक्टर र स्वास्थ्य उपचारको सामाग्री ल्याएको अवगत गराइन् ।पथरीशनिश्चरे नगरको हरियाली सामुदायिक वन नेपालकै उत्कृष्ट पुरस्कार र नमूना बन्न सफल भएकोमा बधाई शुभकामना दिदै थप प्रगतिको लागि शुभकामना दिएकी थिइन । वनको विकासको लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताइन ।

सामुदायिक वनको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको बिशेष साधारण सभामा ३ नम्बर वडाका अध्यक्ष डम्बर बहादुर चेम्जोङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, वन विज्ञ विष्णुप्रसाद ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पथरी सव डिभिजन वन कार्यालयका प्रमुख महोमद अलाउदिन, पशुपति सामुदायिक वन उपभोक्ता समूहको सचिव मैना आचार्य लगायत सहभागिता रहेको थियो ।

सम्बन्धित खवर