साइनो समाचारदाता
बेलबारी । मोरङको बेलबारी–९ नलबारीमा भएको पिस म्युजिकल कन्सर्ट २०२०को मूख्य आकर्षक थिए, गायक राजेश पायल राई । चिसो मौसमको प्रभा नगरी दर्शकहरुलाई नचाए र गायक राई आफै स्टेजमा नाचे पनि । गायक राईले एक दर्जन भन्दा बढी आफ्नो गीत गाएका थिए । ‘मलाई माया गरेर…’, ‘म तिमी विना अधुरो…’, ‘आइ लभ यू…’‘दर्शन नमस्ते…’, ‘म मर्छु कि क्या हो….’लगायत गीत गाएका हुन् । उनले आयोजकलाई ५० हजार सहयोग पनि गरेका थिए ।
कन्सर्टमा हास्य कलाकार उमेश राई (फुलन्देकी आमा), सेरा थामी, सन्जिब धिमाल, विनोद खम्बु, एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राईले प्रस्तुति रहेको थियो भने गरिमा डान्स सेन्टर धरानको विशेष प्रस्तुतिसहित राई, धिमाल, थारु, राजबंशी, तामाङ समुदायको मौलिक नृत्य समेत प्रदर्शन गरिएको थियो ।
नेपाल भ्रमण वर्ष २०२०लाई आफ्नो स्थानबाट स्वागत गर्न तथा लागु औसध सम्बन्धी सचेतनाका लागि ‘से नट टु ट्रग्स्’ भन्ने नाराको साथ कन्सर्ट आयोजना गरिएको थियो । शान्ति युवा समूहको आयोजना भएको कन्सर्टमा समुहको संस्थापक अध्यष भिम लामा, पूर्व अध्यक्षहरु प्रेम वान्तवा, दुर्गा धिमाल, डिल्ली प्रसाद खुलाल, भरत धिमाल, प्रकाश धिमाललगायतलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेलले सम्मान पत्र प्रदान गरेका थिए । कन्सर्टमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेल, धिमाल जातीय विकास केन्द्रका महासचिब केदार धिमाल, नेपाल आदिबासी जनजाति महासंघका नगर अध्यक्ष तिलक राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
२०५५ सालमा स्थापित शान्ति युवा समूहले हाजिरीजवाफ, साँस्कृतिक कार्यक्रम, यौन तथा सरुवा रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण, सरसफाई कार्यक्रम, लागू औसध सम्बन्धी अन्तरक्रिया, उद्घोषण कलालगायत सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरु गर्दैआएको छ ।
तस्वीरः विजय धिमाल