साइनो समाचारदाता
धरान । युमा साम्यो महासभा नेपाल, धरान उपमहानगरपालिका वडा नं. १३ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

हासभाका केन्द्रीय सचिव भीमसेन लिम्बूको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । १३ नं. वडा समितिले वर्षभरि आयोजना गरेका कार्यहरुको प्रतिवेदन युमा साम्यो अभियन्ता भक्त मुसाङले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता ईवाले प्रस्तुत गरिएको थियो । प्रतिबेदनमा मौज्दात रकम २९ हजार १ सय ५० रहेको उल्लेख छ । महासभाका केन्द्रीय सदस्य बिरान इजम र सुनसरी जिल्ला शाखा अध्यक्ष नेत्रप्रसाद सौदेनले मन्तव्यका क्रममा युमा मुन्धुम, साम्यो र नियमित कार्यक्रमहरुबारे प्रकाश पारेका थिए । कृष्ण लावतीबाट स्वागत मन्तव्य व्यक्त गरिएको सभा अमर तुम्बाहाङ्फेले सञ्चालन गरेका थिए भने कार्यक्रम दिलमान पङ्धाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
















