यायोक्खाले ऐतिहासिक दस्ताबेज फागनुमा प्रकाशन गर्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

यायोक्खाले ऐतिहासिक दस्ताबेज फागनुमा प्रकाशन गर्दै

साइनो समाचारदाता

दमक । राई सामुदायको प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाले स्मारिका प्रकाशन गर्ने भएको छ ।

जिल्लामा यायोक्खा स्थापना भएको करिब ३० वर्षको संस्थागत गतिविधि अभिलेखीकरण गर्ने उद्देश्यले प्रकाशन गर्न लागेको हो । ‘किरात राई यायोक्खा झापा स्मारिका २०७६’ नामक स्मारिका प्रकाशनका लागि स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ । सुशन रुङमाहाङ राईको संयोजकत्वमा ७ सदस्यीय स्मारिका प्रकाशन उपसमिति निर्माण गरिएको हो । फागुन पहिलो हप्तासम्म प्रकाशन गरिसक्ने लक्ष्य राखिएको स्मारिकाका लागि आवश्यक छलफल, अन्तरक्रियासँगै लेख रचना संकलन साथै आर्थिक रकम संकलन भइरहेको छ । करिब १० लाख ६० हजारको अनुमानित लागतमा प्रकाशन सम्पन्न हुने स्मारिका प्रकाशन समिति सदस्य केडी रार्ईले बताए । ‘स्मारिका प्रकाशन सहयोगका लागि व्यापार व्यवसायी÷संघ संस्थाहरुको शुभकामना÷सूचना÷विज्ञापनवापत् रकम संकलन गर्नेछौं ।’ उनले भने, ‘किरात राई यायोक्खा झापा स्मारिका २०७६ प्रकाशन सहयोगी भनेर रु १ हजार भन्दा माथि रकम संकलन भइरहेकाले सबैको सहयोगको अपेक्षा गर्दछौं ।’ प्रकाशन सहयोगार्थ रु १ हजार भन्दा माथि प्राप्त रकम स्मारिका प्रकाशन सहयोगी भनेर प्रकाशन गरिने र एक प्रति स्मारिका प्रदान गरिने बताइएको छ । प्रकाशन सहयोगीतर्फ ५ हजार भन्दा माथि प्रदान गर्नुहुने सहयोगीहरुको फोटो (संक्षिप्त पारिवारिक विवरण) सहित स्मारिकामा प्रकाशन गरिने र एक प्रति स्मारिका प्रदान गरिने प्रकाशन समितिका सदस्य सुशिल कुमार राईले बताए ।

स्मारिकामा झापामा बसोबास गर्ने किरात राई समुदायको इतिहास र वर्तमानको अवस्था, उनीहरुको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक अवस्था, लोक साहित्य, मौलिक सम्पदाहरुको चिनारी, भाषा, परम्परा, भेषभुषा लगायतको विषयवस्तु समेटिने स्मारिका प्रकाशन उपसमितिका संयोजक सुसन रुङमाहाङले बताए । झापाभरीका किरात राई यायोक्खाका आजीवन सदस्यहरुको नामावली, किरात भवन सहयोगीहरुको नामावली, सुप्तुलुङ छेन्बी लोक्ता, यायोक्खा झापाको मातहतमा रहेका विभिन्न कोषहरुको विवरण स्मारिकामा राखिने छ । यायोक्खा झापा जिल्लाको मातहतमा रहेका सम्पूर्ण गाउँनगर तथा प्रारम्भीक समितिहरुको समेत स्थापना भए देखि हालसम्मका सम्पूर्ण गतिविधिहरु स्मारिकामा समेटिने छ । झापामा ३७ वटा प्रारम्भीक कार्य समिति रहेको छ भने ५ वटा भातृ संगठनहरु चलायमान रहेको छ । गत कार्तिक ३० गते बसेको यायोक्खाको बैठकले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खवर