साइनो समाचारदाता
काठमाडौ । चलचित्र “थेत्लङ” आगामी पुस २६ गते काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ ।

सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू ’होन्दोक’ले लेखेका हुन । उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा÷संवाद गरेका छन । सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा छायांकन भएको चलचित्रमा बिशाल सेनेहाङ र दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू,सान्ती सुब्बा, हस्त लिबाङ, देउमान केरुङ,मणिराज लिम्बू, येहाङ लिम्बू,लिला तुम्बापो,सन्जय ताम्लिङ,सनमायाँ लिम्बू, सुकबीर ताम्लिङ लगायतले अभिनय गरेका छन भने मनु नेम्बाङ, यादन सेर्मा,सिता सिंगक,गंगा फियाक,मणि ताम्लिङ,रामदुखी आङ्देम्बे,मिजिरा सम्बाहाम्फे र र बालकृष्ण वनेमको स्वर रहेको छ । सागर केरुङ,दिलसिङ र यादन सेर्माको शब्द रहेको गीतहरु कुल्बा सुब्बा,राजु आङ्देम्बे,मनि ताम्लिङ र पबिन आङ्देम्बेले संगीत गरेका छन । सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्यनिर्देशन दिनेश माङ्मु,क्यामेरामेन हेमन योन्जन,सम्पादन किरण केसिको रहेको छ भने उक्त चलचित्र किशोर सुब्बाले निर्देशन गरेका हुन भने मनि ताम्लिङ् र बिराज लिम्बूले निर्माण गरेका हुन ।
















