पथरी प्रहरीको दम्भ, रसिद सहितको बालुवालाई चोरी आरोप - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी प्रहरीको दम्भ, रसिद सहितको बालुवालाई चोरी आरोप

साइनो समाचारदाता पथरी/  मुस्कान सहितको प्रहरीले जनतालाई दुख दिन थाले पछि प्रहरी मेरो साथी भन्ने शब्द उक्तीमा मात्रै सिमित रहेको देखिन्छ । मंसिरको अन्त्य तिर पथरी इलाका समालेका डि एस दिलिप कुमार गिरीले बर्दिको पावर देखाउदै दुख दिन थालेका छन । पौष २१ गते साँझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै गरेको को २ त ४२६८ नं. ट्याक्टरलाई नियन्त्रण लिई चोरिको आरोपमा जिल्ला पठाएका छन ।


डि एस पि गिरीले मोरङ पथरीशनिश्चरेका राजेन्द्र रेग्मीले किनेर ल्याएको बालुवा चोरिको आरोप लगाउदै जिल्ला समन्वय समितिमा पत्र काटेको भन्दै दुख दिएको बताएका छन । उनले भने डि एस पि भनेर के गर्नु कागजात त हेर्न नजान्ने रहेछन भन्दै इलाका प्रहरी कार्यालय पथरीले अनावश्यक झनझट दिएको रेग्मीले गुनासो गरे ।
२१ गते बेलुकी नियन्त्रणमा लिएको ट्याक्टरको रिनो फेल भएकाले रिनो गर्न डि एस पि गिरीले पढाएको तर रिनो गरि आउदा जिल्ला समन्वय समितिमा जानु भन्दै दुख दिएको बताए । पटक पटक धाउदा समेत डि एस पि ले रसिद सहितको बालुवा चोरीको भन्दै दुख दिए पछि रेग्मी पत्रकारको सहयोग लिन आएका हुन ।


२२ गते विहान रेग्मीले कागजपत्र बोकेर इलाका पुग्दा डिएसपी दिलिप कुमार गिरीले सवारी दर्ता प्रमाण पत्र (ब्लुबुक) नविकरण फेल भएको र सो नविकरण गरेर आउनु अनि गाडी लैजानु भनेको तर आफु ब्लुबुक नविकरण गरेर आउदा चोरीको बलुवा हो भनेर जिल्ला समन्वय समितिमा पत्र काटेको भन्दै दुःख दिएका थिए । कागज देखाउदा ब्लुबुक मात्रै हेर्ने अनि चोरीको बलुवा भनेर यसरी दुःख दिन पाइन्छ ? म संग बालुवा खरिद गरेको रसिद छ’ भन्दै रेग्मीले रसिद देखाए तर डिएसपी गिरीले अब जिल्ला समन्वय गएर उतै मिलाएर आउनु, उतै रसिद पनि देखाउनु भन्दै बर्दिको दम्भ देखाएको रेग्मी बताएका छन् ।
ट्याक्टर पक्रनु अनि सबै कागज पत्र नहेरी चोरीको बलुवा हो भनेर जिल्ला पठाउनु व्यावसायीलाई दुःख दिने नियत नै देखिन्छ । ट्याक्टर ड्राइभर संग बिल नं. ९३३ को रु. १ हजार ५० को रसिद समेत रहेको थियो तर प्रहरी चेकको नाममा पैसा असुल्न बसेको हो भन्ने प्रस्ट हुन्छ । नत्र डि एस पि जतिको अफिसरबाट कुनै कागज नै नहेरी कसरी जिल्ला पठाइन्छ ।
डि एस पि आए पछि धेरै कुराको सुबिधा र सुरक्षा हुन्छ भनेर आश गरेका जनता र ब्यावसायीहरु एक जिम्मेवार अफिसरबाट यस्तो कम्जोरी हुदा निरास बनेका छन । प्रहरीले सुरक्ष दिनु भन्दा पनि ठाँउ ठाँउमा मापसे चेकीङ गर्न ब्यास्त छ । सुरक्ष फितलो भएकै कारण बजारको मुख्य चोकबाट मोटर साईकल हराउन थालेका छन । यता सुरक्ष फितलो भएकै कारण ब्यापारी लोभिएर ठगिने जस्ता घटना नगरमा घटिरहेका छन ।

डि एस पि गिरीले इलाका समालेको भोलि पल्टै बिहान ७ बजे देखी ४ बजे सम्म ४ जना ब्याक्तीहरुलाई सुकुम्बासीले आफ्नो नियन्त्रणमा लिदा सम्म रमिते बनेका थिए । एउटा अफिसरले बिहान ७ बजे देखि ४ बजे सम्म बन्दक बनाइदा रमेते हुनुले प्रहरीको सुरक्षा कस्तो छ भन्नेमा प्रश्न चिन्ह उठ्ने गरेको छ । २ बजे पत्रकारको उपस्थीती पछि जिल्ला प्रहरीको पावरमा घटना स्थल रणभुमी झै भएको थियो । प्रहरी र सुकुम्बासी बिच झडप हुदा पत्रकारलाई भिडियो नखिच भन्दै क्यामरा खोसि पत्रकार माथि दुरब्यावहार गरिएको थियो ।
बालुवाको विषयमा डिएसपी गिरीलाई बुझ्दा पहिले सबै कागज नदेखाएको र आफुले जिल्ला समन्वयमा पत्र काटेको बताए । ‘अब उतै गएर मिलाएर आउनु पर्छ, कागज देखाउनु भनेपछि सबै देखाउनु पर्दैन ?’ गिरीले उल्टै प्रश्न गरे भने डि एस पि को कमाण्डमा रहेका प्रहरीबाट पत्रकारमाथी दुरब्यावहार हुदा सम्म प्रहरीले माफी नमाग्ने गिरीले बताएको पत्रकार गोपाल काफ्लेले बताए । डि एस पि गिरीले प्रहरीले गल्ती गरेको प्रमाण भए उजुरी गर्न धम्की दिए ।
डि एस पि गिरी आए यता बिभिन्न संस्था र ब्यावसायीहरुबाट कार्यलयको नाममा सहयोग आउने क्रम पनि सामाजिक संजालमा आउने गरेको छ ।

सम्बन्धित खवर