साइनो समाचारदाता
पथरी । प्रहरीले प्रेस युनियन मोरङका केन्द्रीय पार्षद् तथा पथरी शनिश्चरेका स्थानीय पत्रकार गोपाल काफ्लेमाथि दुव्र्यवहार गरेकोमा प्रेस युनियन मोरङले निन्दा गरेको छ ।

शनिबार पथरी शनिश्चरे किराती चोकमा सुकुम्बासी विषयमा समाचार संकलन गर्ने क्रममा प्रहरीले दुव्र्यवहार गरेको थियो । समाचार संकलनका क्रममा प्रहरीले काफ्लको साथबाट क्यामेरा र मोवाइल खोसेका थिए । उनले पत्रकारको परिचय पत्र देखाउँदा पनि प्रहरीले अपशब्द बोल्दै पत्रकार काफ्लेको मोवाइल चर्र्काएको थियो । प्रेस युनियनका जिल्ला अध्यक्ष रोहितकुमार लुइटेल कुमारले पत्रकार काफ्लेलाई प्रहरीले दुव्र्यवहार गरेको घट्नाप्रति खेद व्यक्त गरेका छन् । उनले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई सीघ्र कारबाहीको माग गर्दै स्वतन्त्र पत्रकारिताको ग्यारेन्टी गर्न जोडदार माग गरेका छन् ।
















