साइनो समाचारदाता
पथरी । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले २०७६ सालको परीक्षा चैत ६ गतेदेखि हुने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन विहिबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अंग्रेजी हुनेछ । दोस्रो दिन चैत ७ गते शुक्रबार अनिवार्य नेपाली, तेस्रो दिन आइतबार चैत ९ गते अनिवार्य गणित, चौथो दिन चैत १० गते सोमबार विज्ञान, पाँचौ दिन चैत ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययन हुने भएको छ । छैटौं दिन १२ गते बुधबार अनिवार्य स्वस्थ्य, जनसंख्या तथा वातावरण शिक्षा हुने एसईई चैत १७ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० गतेको निर्णयानुसार मंसिर १ गते एसईईको समय तालिका सम्बन्धी सूचना प्रकाशित गरेको हो । परीक्षा विहान ८ वजेदेखि ११ वजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

















