हिउदे अधिबेशनले प्रदेशको नाम टुङ्गो लगाइनेछः अर्थमन्त्री आङ्बो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हिउदे अधिबेशनले प्रदेशको नाम टुङ्गो लगाइनेछः अर्थमन्त्री आङ्बो

साइनो समाचारदाता

पथरी । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो लिम्बुले प्रदेशबासीमा चासो र चर्चाको विषय भएको भन्दै आउदो हिउदे अधिबेशनलमा प्रदेशको नाम टुङ्गो लगाइने बताएका छन् । प्रदेशकै प्रभाबशाली मन्त्री समेत रहेका मन्त्री आङ्बोले भने, ‘यो हिउदे अधिबेशनले प्रदेशको नामाङ्कन टुङ्गो लगाइनेछ ।’

SAMSUNG CAMERA PICTURES

आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन प्रक्रिया अघि बढे मात्र लिम्बुवान प्रदेश संभव हुने उनले बताएका छन् । उनले लिम्वुवान प्रदेश स्थापना गर्न संविधानको धारा २७४ शंसोधन गनर्ज आवश्यक रहेको बताए । ‘लिम्बुवान अहिले तत्काल सम्भब छैन् ।’ उनले भने, ‘कुनै पनि पहिचानको आधारमा प्रदेशको नामाङ्कन गरिनेछ ।’ मन्त्री इन्द्रबहादुर आङ्बो लिम्बुले भौगोलिक आधारमा नाम हुने भए ६ महिनामै नाम राखिसक्ने बताए ।

किरात याक्थुङ चुम्लुङ नगर समिति पथरी शनिश्चरे मोरङले आयोजना गरेको चासोक तङ्नाम कार्यक्रममा बोल्दै अर्थ मामिला मन्त्री लिम्बुले सो कुरा बताएका हुन् । उद्योली पर्वको अवसरमा प्रदेश सरकारले विदा दिएको प्रसङ्ग पस्कदै उनले सबै धर्म संस्कृतिप्रति सरकारले समान तवरले हेर्ने बताए । उनले पथरीमा रहेको सिरिजंगा धार्मिब बन परिषर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले सरकारले सो का लागि सरकारले सहयोग गर्ने आश्वासन दिलाए । उनले नगरमा रहेको सुकुम्बासी समास्या हल गर्न सरकार अस्थायी रुपमा हैन स्थायीरुपमा हल गर्न लागेको बताए । उनले भने, ‘पथरीमा रहेको सुकुम्बासी समस्या हल गर्न सरकार अस्याथी हैन कानुन निर्माण र शक्तिशाली सुकुम्बासी आयोग बनाएर हल गर्नेछ ।’

प्रदेश सभा सदस्य शेखरचन्द्र थापाले प्रदेशको नामाङ्कनको लागि प्रदेश सरकार जागरुक हुनुपर्ने बताए । प्रदेश सभा सदस्य सुयर्मा राईले नेकपाले पहिचानको नाममा भोट मागेर सरकारमा पुगेपछी जनतालाई धोका दिन नहुने बताए । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बाले प्रदेश १ को नाम किरात लिम्बुवानको लागि पहल गर्न अर्थमन्त्री आङ्बोलाई आग्रह गरेका छन । लिम्बुवान बिनाको नाम आए दुःखदायी हुने साम्बाको भनाइ थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, नगर प्रमुख दिलिपकुमार राई, चुम्लुङ मोरङ अध्यक्ष विबेक लिम्बू, सिरिजंङ्गा धार्मिक वन उपभोक्ता समितिका अध्यक्ष गंगा साम्बा, नेकपा (नेकपा)का नगर संयोजक मोहन तुम्बापोलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा गायक रविन कन्दङ्वा, रचनाकार गणेश थक्लुङ, भलिबल कपका पुरस्कार प्रायोजकद्वय पर्शुराम कार्की, कोपिला चोङ्बाङ(हाङ्बाङ), मुन्धुमविद् रणध्वज सिरेङलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम चुम्लुङ नगर सचिब प्रेम लिम्बु विक्रमको सञ्चालन तथा नगर अध्यक्ष पर्शुराम सिरेङको अध्यक्षता भएको थियो ।

सम्बन्धित खवर