विदा कटौतीप्रति आदिवासी जनजातिद्वारा विरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

विदा कटौतीप्रति आदिवासी जनजातिद्वारा विरोध

साइनो समाचारदाता

पथरी । उधौलीलाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरेर दिइँदै आएको एक दिनको सार्वजनिक बिदा पनि आदिवासी जनजातिकै रगत, पसिना, त्याग, योगदान, बलिदान र शहादत्तबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले कटौती गरिएकोप्रति महासंघ घोर भत्र्सना गर्दै आपत्ति प्रकट गरेको छ ।

०६२÷६३ को राजनीतिक परिवर्तनपश्चात् आदिवासी जनजातिहरूले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरू यस सरकारले सार्वजनिक बिदा खारेजी गरेकोप्रति खेद प्रकट गर्दै राष्ट्रिय पर्वहरू यथावत कायम राख्न तथा पुनस्र्था्पित गर्न नेपाल सरकारलाई आदिबासीहरुले उधौलीको अवसरमा पुनः जोडदार आग्रह गरेको छ ।

उनीहरुले बहुसांस्कृतिक देश नेपालमा विद्यमान सरकारले महेन्द्रकालीन शासन व्यवस्थाको झल्को दिने गरी एकल सांस्कृतिक सोँच, चिन्तन, नीति र निर्णयको आधारमा आदिवासीको पहिचान, स्वाभिमान, सम्मान, संस्कृतिमाथि गरिरहेको प्रहारको विरुद्ध सम्पूर्ण आदिवासी जनता एकताबद्ध हुन हार्दिक आह्वान समेत गरेको छ । उस्ले देशका विभिन्न ठाउँहरूमा मनाउने ऐतिहासिक सांस्कृतिक चाड उधौलीमा परिवर्तनबाट स्थापित उभौलीको सार्वजनिक बिदा पुनःस्र्थापना गरिनुपर्ने मागदाबीसहित आ–आफ्नो ठाउँबाट मनोरञ्जनका साथसाथै एकल सांस्कृतिक कदमका बिरुद्ध ऐक्यबद्धता जनाउन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का सम्पूर्ण संयन्त्रहरू, आदिवासी जनजातीय सदस्य संगठनहरू, सम्बन्धन संगठनहरू, आदिवासीजन्य संगठनहरू, आदिवासी नेता अभियन्ताहरू र आदिवासी जनजाति जनताहरूमा हार्दिक अपिल समेत गरेको छ ।

आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामद्वारा जारी बक्तत्यमा सो अपिल गरेको हो । महासंघले नेपालका आदिवासी जनजाति किरातीहरूको राष्ट्रिय चाड उधौली (चासुवा, स्याँदर पिदार, साकेला, यक्वा तङ्नाम, युच्याङ, चण्डीपूजा, वायुपूजा, भूम्यापूजा– यले सम्वत ५०७९) र नेवार समुदायको योमरी पूर्णिमाको अवसरमा शुभकामना सन्देश समेत प्रवाह गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘ विश्वभरका प्रकतिपूजक किराती (मुख्यतः राई, लिम्बू, सुनुवार, याक्खा, थामी, सुरेल, जिरेल, धिमाल, बराम, हायू) आदिवासीहरूले प्रकृति र मानवबीच सुमधुर सम्बन्ध कायम रहोस् भन्ने कामनासहित हर्षोल्लासपूर्ण रुपले मनाउने ऐतिहासिक सांस्कृतिक नेपाली राष्ट्रिय पर्व ‘उधौली’को पुनित अवसरमा विश्वभरका सम्पूर्ण किराती बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’

मितिः २०७६/८/२६
प्रेस विज्ञप्ती

उधौलीलाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरेर दिइँदै आएको एक दिनको सार्वजनिक बिदा पनि आदिवासी जनजातिकै रगत, पसिना, त्याग, योगदान, बलिदान र शहादत्तबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले कटौती गरिएकोप्रति महासंघ घोर भत्र्सना गर्दै आपत्ति प्रकट गर्दछ । ०६२÷६३ को राजनीतिक परिवर्तनपश्चात् आदिवासी जनजातिहरूले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरू यस सरकारले सार्वजनिक बिदा खारेजी गरेकोप्रति खेद प्रकट गर्दै उक्त राष्ट्रिय पर्वहरू यथावत कायम राख्न तथा पुनस्र्थापित गर्न नेपाल सरकारलाई यस उधौलीको अवसरमा पुनः जोडदार आग्रह गर्दछौं ।
बहुसांस्कृतिक देश नेपालमा विद्यमान सरकारले महेन्द्रकालीन शासन व्यवस्थाको झल्को दिने गरी एकल सांस्कृतिक सोँच, चिन्तन, नीति र निर्णयको आधारमा आदिवासीको पहिचान, स्वाभिमान, सम्मान, संस्कृतिमाथि गरिरहेको प्रहारको विरुद्ध सम्पूर्ण आदिवासी जनता एकताबद्ध हुन हार्दिक आह्वान गर्दछौं । देशका विभिन्न ठाउँहरूमा मनाउने ऐतिहासिक सांस्कृतिक चाड उधौलीमा परिवर्तनबाट स्थापित उभौलीको सार्वजनिक बिदा पुनःस्र्थापना गरिनुपर्ने मागदाबीसहित आ–आफ्नो ठाउँबाट मनोरञ्जनका साथसाथै एकल सांस्कृतिक कदमका बिरुद्ध ऐक्यबद्धता जनाउन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का सम्पूर्ण संयन्त्रहरू, आदिवासी जनजातीय सदस्य संगठनहरू, सम्बन्धन संगठनहरू, आदिवासीजन्य संगठनहरू, आदिवासी नेता अभियन्ताहरू र आदिवासी जनजाति जनताहरूमा हार्दिक अपिल समेत गर्दछौं ।
नेपालका आदिवासी जनजाति किरातीहरूको राष्ट्रिय चाड उधौली (चासुवा, स्याँदर पिदार, साकेला, यक्वा तङ्नाम, युच्याङ, चण्डीपूजा, वायुपूजा, भूम्यापूजा– यले सम्वत ५०७९) र नेवार समुदायको योमरी पूर्णिमालाई शुभकामना आदानप्रदान गर्दै विश्वभर विविध कार्यक्रमहरू गरेर प्रत्येक वर्ष झैँ यस वर्ष पनि धुमधामका साथ मनाइरहेको अवगत गराउँदछौं ।
यस अवसरमा विश्वभरका प्रकतिपूजक किराती (मुख्यतः राई, लिम्बू, सुनुवार, याक्खा, थामी, सुरेल, जिरेल, धिमाल, बराम, हायू) आदिवासीहरूले प्रकृति र मानवबीच सुमधुर सम्बन्ध कायम रहोस् भन्ने कामनासहित हर्षोल्लासपूर्ण रुपले मनाउने ऐतिहासिक सांस्कृतिक नेपाली राष्ट्रिय पर्व ‘उधौली’को पुनित अवसरमा विश्वभरका सम्पूर्ण किराती बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै जातजातिका चाडपर्वहरूलगायत उधौलीलाई पनि राज्य सरकारले समान व्यवहार गरेको अनुभूति दिने गरी राज्यको तहबाट कार्य गर्ने सद्बुद्धि र प्रेरणा मिलोस् भन्ने समेत कामना गर्दछौं ।

जय आदिवासी जनजाति ।

………………………
जगतबहादुर बराम
   (अध्यक्ष)

सम्बन्धित खवर