रामलाई भोईस अफ नेपालमा जिताउन आग्रह (रामलाई जिताउन फ्यानहरुले हजारौं सेयर गरौं) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रामलाई भोईस अफ नेपालमा जिताउन आग्रह (रामलाई जिताउन फ्यानहरुले हजारौं सेयर गरौं)

साइनो समाचारदाता

बिर्तामोड । भ्वाइस अफ नेपालको सिजन टुको टप ४ मा रहेका झापा बिर्तामोडका राम लिम्बूलाई जिताउन आग्रह गरेका छन् । आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्दै आएका बिर्तामोडका युवाहरुले राम लिम्बू जिताऊ अभियान बनाएर सबैसँग भोट गर्न अपिल गरेका छन् । आज शोको फाइनल हुदैछ । रामका फ्यानहरुले राम लिम्बूलाई भजिताउन अन्तिम झमक प्रयत्न गरेका छन् । उनीहरुले भोट गर्न आह्वान गरेका छन् । स्पर्धी रामले पनि भोट गर्न देश विदेशमा रहनुहुने नेपाली भाषीहरुलाई आग्रह गरेका छन् ।  उनीहरुले बिर्तामोडमा कार्यालय स्थापना गरेर प्रचारप्रसारलाई तिव्रता दिँदै आएको अभियानका सल्लाहकार प्रकाश लिङ्देनले जानकारी दिए । उनका अनुसार बिर्तामोडमा मात्र नभएर धरान, इटहरी, दमक, इलाम, श्रीअन्तु, फिदिम, ताप्लेजुङलगायतका स्थानमा प्रचार गरिएको छ । हामीले पैसा उठाएका छैनौँ, हामीले स्वेच्छाले आफैँबाट खर्च गरेर प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने । करिब ४० हजारजतिको पम्प्लेटिङ, व्यानरिङमा खर्च भएको उनको भनाइ छ । उनीहरुले फ्यान क्लबजस्तै बनाएर अभियानलाई सफल बनाउन लागिपरेको पनि सुनाए ।

अभियानको संयोजकमा आशिष बुढाथोकी रहेका छन् । उनी राम लिम्बूलाई सांगीतिक यात्रामा नेतृत्व गर्ने अगुवा हुन् । अभियानको सहसंयोजकमा अनिष सुवेदी रहेका छन् भने सचिवमा बाप्पा शाह, कोषाध्यक्षमा सुमन गुरुङ, सदस्यहरुमा आकाश उप्रेती, भरत राई, बेनु गुरुङ, रमेश गुरुङ, सुमन खत्री, इशान ओली र प्रविण गुरुङ रहेका छन् । अभियानको सल्लाहकारमा युवा नेतृत्व प्रकाश लिङ्देनसहित आशिष वन, मनोज बुढाथोकी, समिल राई र कैलाश प्रसाई रहेका छन् । अभियानका सचिव शाहका अनुसार विदेशमा रहेका राम लिम्बूका समर्थकले पैसा पठाउने भनिरहेका छन् तर आफैँ भोट गर्न आग्रह गरिरहेको बताइएको छ । झापा बिर्तामोड ३ का बासिन्दा राम लिम्बूको पहिलो रोजाइ फुटबल खेलाडी बन्नु थियो । उनी एन्फाको छनौटमा पनि परे । तर, खेल दौरानमा उनको खुट्टामा चोट लागेपछि उनी घर फर्किएका थिए ।

स्थानीय ग्लोरी बोर्डिङ स्कुलको कक्षा १० मा पढ्दै गर्दा एउटा गायन प्रतियोगितामा भाग लिँदा उत्कृष्टको सूचीमा परेपछि उनी गायन क्षेत्रमा मोडिएका रहेछन् । बिर्तामोडमा ५ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय २४ वर्षे यी युवा नेप्लिसियन ब्याण्डका भोकलिस्ट हुन् । राम लिम्बूलाई भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा ०८ कोड टाइप गरी ३७००० मा पठाउन सकिनेछ । भ्वाइस अफ नेपालले विदेशमा रहेका समर्थकलाई प्रभु एप्स डाउनलोड गरेर भोटिङ गर्ने व्यवस्था मिलाएको छ ।

सम्बन्धित खवर