तागेरा होटेलमा मृत फेला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

तागेरा होटेलमा मृत फेला


साइनो समाचारदाता

ताप्लेजुङ । ताप्लेजुङको मुकाम फुङ्लिङमा रहेको तागेरा होटलमा एक पुरुष मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन मृत भेटिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार ताप्लेजुङ घुम्न आएको र उनी होटल बुक गरेर कोठामा छिरेका थिए । महिला आफन्तसहित होटलमा बसेका मादेनको मृत्यु भएपछि ती महिला आफन्त र होटल साहुले प्रहरीलाई खबर गरेका थिए । उनको साथबाट उनले प्रयोग गर्दै आएका मुटुको औषधि पनि भेटिएको प्रहरीले जनाएको छ । ‘मृतक मादेन प्रेशर र मुटुका बिरामी रहेको थियो ।’ प्रहरी निरीक्षक खड्काले भने ‘उनको मृत्यु सोहि रोगका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौ।’ प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर