धरान उपमहानगरपालिकामा काङग्रेसका तिलक राई मेयर, २८ बर्ष पछि धरानमा फर्कीयो काङग्रेस - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

धरान उपमहानगरपालिकामा काङग्रेसका तिलक राई मेयर, २८ बर्ष पछि धरानमा फर्कीयो काङग्रेस

धरान / धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार ९ सय १४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दैंआएको धरानमा तिलक राइले इतिहास बनाएका छन् । २७९५ मतान्तरणले जित हासिल गरेका हुन । निर्वाचन आयोगको औपचारिक घोषणा हुन भने बाँकी छ । जित पछि राईले आफुले लालकिल्ला तोडेको नभई सबै धराने जनताले आफुलाई विजयी गराएको प्रतिक्रिया दिएका छन् । ‘अव धरानलाई भ्रष्टचारमुक्त शहर बनाउने अभियान चलाउने छु । सबैसँग सहकार्य गरेर धरानको विकास मेरो पहिलो प्राथमिकता हुने छ ।’ राईले यस अघि चुनावी सभामा जनताको प्रतिनीधि भएर काम गर्ने र जनताको सेवा गरे वापत कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

बि.स २०४८ सालदेखिपार्टीमा आवद्ध रहि वडा समिति हुदें २०५३ सालमा नेविसंघको नगर सचिव भएका थिए । २०५५ सालमा तरुण दल सुनसरीको सभापति भएको थिए । उनले २०६१ सालमा पार्टीको नगरसचिवको जिम्मेवारी पाए भने २०७३ सालको १३ औंं महाधिबेशन पछि नगरसभापति निर्वाचित भएका थिए । उनी यातायात व्यवसायी समेत हुन । राई किरात राई यायोख्खाको केन्द्रीय निवर्तमान अध्यक्ष हुन । अघिल्लो निर्वाचनमा यायोख्खामा हार व्यहोरेका थिए । सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा समेत पहिलो पटक हारे पछि दोश्रो निर्वाचनमा जित हासिल गरेका थिए । यस्तै २०७४ को स्थानीय तहमा मेयरको टिकट पाउदा स्व तारा सुब्बासँग ४ हजार मतले हारेका थिए । यसरी तोडियो विरासत २०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा समेत यसपटक नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धरान–२०, धरान–१७ र धरान–१५ मा मात्रै झिनो मतान्तरले जितेको अवस्था छ । धरान–१८, १९, १६, १४, १३, १२, ११, १०, ९ नम्बर वडामा काङ्ग्रेसले नै अग्रता कायम गरेको छ । यी वडामध्ये २०७४ को निर्वाचनमा १८ र १४ मा मात्रै काङ्ग्रेसले जित हासिल गरेको थियो ।

नेकपाले धरान–२० मा ९ सय ६७ मत प्राप्त गर्दा काङ्ग्रेसले ७ सय ३४ मत प्राप्त गरेको थियो । जहाँ मतान्तर २ सय ३३ थियो । धरान–१९ मा काङ्ग्रेसले ८ सय ७९ मत प्राप्त गर्दा नेकपाले ८ सय १३ मत प्राप्त गरेको थियो । त्यस्तै धरान–१८ मा काङ्ग्रेसले ६ सय ७९ मत प्राप्त गर्दा नेकपाले ५ सय २९ मत प्राप्त गरेको थियो । धरान–१७ मा नेकपाले २ हजार २ सय ६५ मत प्राप्त गर्दा काङ्ग्रेसले २ हजार २ सय २५ मत प्राप्त गरेको थियो । धरान–१६ मा काङ्ग्रेसले २ हजार ३ सय ४१ मत प्राप्त गरेको थियो । जहाँ नेकपाले १ हजार ८ सय ६० मत मात्रै ल्याएको थियो । धरान–१५ मा नेकपाले ३ हजार ३ सय ४७ मत प्राप्त गर्दा काङ्ग्रेसले ३ हजार ७९ मत प्राप्त गरेको थियो । धरान–१४ मा काङ्ग्रेसले १ हजार ५७ मत प्राप्त गर्दा नेकपाले ७ सय ३६ मत प्राप्त गरेको थियो । धरान–१३ मा काङ्ग्रेसले १ हजार ६ सय १६ मत प्राप्त गर्दा नेकपाले १ हजार ५ सय ७१ मत ल्याएको छ । धरान–१२ मा काङ्ग्रेसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ६ सय ३ मत मात्रै प्राप्त गरेको छ ।

त्यस्तै धरान–११ मा काङ्ग्रेसले २ हजार ३ सय ८५ मत प्राप्त गर्दा नेकपाले २ हजार ५८ मत प्राप्त गरेको छ । धरान–१० मा काङ्ग्रेसले ८ सय ३० मत ल्याउँदा नेकपाले ६ सय ४० मत ल्याएको छ । धरान–९ मा काङ्ग्रसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ५ सय ९७ मत ल्याएको छ । अन्य वडाहरूमा नेपाली काङ्ग्रेसले अग्रता कायमै राखेको छ । तर, धरान–३, ४, ६, ७ र ८ नम्बर वडामा नेकपाले यसअघि वर्चश्व कायम गरेको थियो । यता काङ्ग्रेसले १, २ र ५ नम्बर वडामा जित कायम गरेको थियो । यसरी हेर्दा बिगतमा नेकपाले आफनो बर्चस्व कायम गरेको वडा समेत यसपटक गुमाएको छ । नेकपाको झण्डै बहुमत रहेको वडामा समेत काँग्रेसले यसपटक जित हासिल गरेको छ ।

सम्बन्धित खवर