साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा ‘तमु ल्होछार’ आदिबासी जनजाति गुरूङ समुदायले धुमधाम मनाएको छ ।मंगलबार ल्होछार गुरुङ समुदायले नयाँ वर्ष तथा प्रमुख चाडको रुपमा मनाएको हो ।
तमू बौद्ध गुम्बा पथरी शनिश्चरेको आयोजनामा २६०४ औ ल्होसार मनाएको हो । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले प्रदेश सरकारले प्रदेश भरका मनाइने विभिन्न पर्वहरुलाई विदा दिएर एकरुपता ल्याउनुपर्ने र आगामी दिन नगरले विभिन्न पर्वहरुलाई विदा दिने आश्वाशन दिए । मुलुकको राष्ट्रियता जोगाउन सबै समुदायको भूमिका रहेकाले राज्यले विभिन्न जातजातिहरुको चाढपर्व र संस्कृतिहरुलाई सम्बोधन गर्नुपर्ने प्रदेश सभा सदस्य सुयर्माराज राईले बताएका छन् । प्रदेश भरका मूख्य मूख्य चाढपर्वहरुलाई सरकारले पहिचान गर्न जरुरी रहेको औल्याए । उनले भने, ‘प्रदेश भरका जातजाति जति हुनुहुन्छ । मूख्य मुख्य जातिको पर्व कुनकुन हो ? त्यसको पहिचान गर्न आवश्यक छ । पहिचानको आधारमा एकमुस्ट विदा दिन आवश्यक छ ।’ नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष चन्द्र तामाङ, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष दिलबहादुर तामाङ, वडा समितिको कार्यालयका (पथरी शनिश्चरे ३) अध्यक्ष डम्बर चेम्जोङलगायतले ल्होसारको शुभकामना व्यक्त गरेका छन् । गुच्चा खेलबाट डोल्मा गुरुङ, म्युजिकल चेयर प्रतियोगिता स्पर्धी कुमारी गुरुङ, हण्डी फुटाई प्रतियोगिताका विपना गुरुङ, रुमाल लुकाई प्रतियोगिताबाट सोनाम गुरुङ, बेलुन फुटाई प्रतियोगिताबाट कुमारी गुरुङलगायत विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको बताइन्छ । खास गरी गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्ला सामुहिक रुपमा पर्व मनाउने गरिन्छ ।
आज रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । ल्होछारको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । प्रदेश नम्बर १ मा सार्वजनिक विदा भने दिइएको छैन भने उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिकालगायतले पर्वको अवसरमा विदा दिइएको छ ।

स्यार्लो तमु क्वोइवोले कानेपोखरी ७ मोरङमा पनि शुभकामना आदानप्रदान गर्दै मनाएको छ । कार्यक्रममा पालिकाका अध्यक्ष ताराबहादुर काफ्mले सहितले शुभकामना व्यक्त गरेका थिए । गुरुङ समुदायले पथरीको अलबा, उर्लाबारी, बेलबारीमा भव्य कार्यक्रम गरी मनाउदैछ ।
















