मगर संघले पथरीमा मिनाम सार ल्हेस मनाउने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

मगर संघले पथरीमा मिनाम सार ल्हेस मनाउने

साइनो समाचारदाता

पथरी । मगर समुदायको नयाँ बर्ष “मिनाम सार ल्हेस“ को अवसरमा नेपाल मगर संघ पथरीशनिश्चर मोरङले सांस्कृतिक तथा खेलकुदका कार्यक्रम गर्ने भएको छ ।

मगर जातीहरुको जातिय पहिचान बोकेको हुर्रा, मारुनी, कौडालगायतका मनोरन्जनात्मक खेलकुदका कार्यक्रम सहितको कार्यक्रमको आयोजना गरिने नेपाल मगर संघ पथरीशनिश्चरे नगर कमिटिले जानकारी दिएको छ । आइतबार पत्रकार भेटघाटको आयोजना गर्दै संघले माघ १ गते कार्यक्रम बारे जानकारी दिएको हो ।

मगरहरुको जातीय पहिचानका लागि र पछिल्लो पुस्तामा आफ्नो संस्कृतिको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल मगर संघ पथरीशनिश्चरे नगरकमिटिका अध्यक्ष टंक राना मगरले बताए । मानव सभ्यताको विकास हुने क्रममा आफ्ना पुस्ताहरुले जंगलमा कन्दमूल, तरुल लगाएतका खानेकुरा खाएर नयाँ वर्ष मनाउने गरेको इतिहाँस रहेको मगरले जानकारी दिए । सोही दिन मगरहरुले आफ्नो नयाँ वर्ष मनाउदै आएको छ । माघ १ गतेबाट मगर समुदायको ५०१४ सम्बत सुरु हुँदैछ। सरकारले माघ १ गते थारु समुदायको माघी पर्व भनेर सार्वजनिक विदा दिएको भएता पनि मगरहरुलाई भने सम्बोधन नगरेकोमा अध्यक्ष मगरले आपत्ती जनाए । कार्यक्रम पथरी स्थित नेपाल मगर विहार समाजको प्राङ्गणमा हुने नेपाल मगर युवा संघ पथरी शनिश्चरेका अध्यक्ष भुवन पिठाकोटीले जानकारी दिए । गत दिपावलीमा संचालन गरिएको देउसी भैलो कार्यक्रमका कलाकारहरुलाई सम्मान समेत गरिने बताइएको छ । विभिन्न जातीय झाँकी, नृत्यका साथै महिला, पुरुष र बालबालिकाहरुलाई समेत लक्षित गरि विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिने संघ पथरीशनिश्चरे नगर कमिटी सचिव खगेन पुलामी मगरले बताए । ज्येष्ठ नागरिक सम्मान र भाग्य चिट्ठाको कार्यक्रम पनि संचालन गरिने सचिव मगरले जानकारी दिए ।

सम्बन्धित खवर