साइनो समाचारदाता
दमक । समाजवादी साँस्कृतिक महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा दमकका अशोक बस्नेत चुनिएका छन् ।

शनिबार दमकमा भएको महासंघको प्रदेश समायोजनमा बस्नेतको अध्यक्षतामा ४० सदस्यीय प्रदेश समिति गठन भएको हो । समितिको उपाध्यक्षत्रयमा राजकुमार सुब्बा, सावित्रा याख्खा र करुणा राई, मूख्य सचिबमा कुमार प्रधान, सचिबमा देउमान चेम्जोङ, कोषाध्यक्षमा रुपा ओझा र सह कोषाध्यक्षमा ससिता राई छन् । भने सदस्यहरुमा कोपिला तामाङ, किशोर धिमाल, सुवर्ण धिमाल, श्रीप्रसाद धिमाल, पृती चिम्मा, बुद्ध इवा, सुनिता लावती, भुवन मोते, दिपेश राई, विशाल राई, रोश्नी राईलगायत छन् । समायोजनका प्रमुख अतिथि समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङले संविधान संसोधनको मुद्दालाई इग्नोर गरेकाले सरकारबाट बाहिरिएको बताएका छन् । उनले संविधान संसोधनको पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष घनराज सुब्बा, पार्टी केन्द्रीय सदस्यद्वय भक्त खेवाङ, हरिदेबी राई, प्रदेश सदस्य कमल देवानलगायतले शुभकामना नवनिर्वाचित समितिलाई दिएका थिए । राजकुमार अनिश्चित, पुस्प लोवा, विराट किरातीले कविता वाचन गरिएको कार्यक्रममा कुमार प्रधानले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
















