साइनो समाचारदाता
इटहरी । स्व कलाकारत्रय दिपक छेत्री, आनन्द थापा र केसब भट्टराईको योगदानलाई सम्मान गर्दैै एक नम्बर प्रदेशका कलाकारहरुले शोक सभाको आयोजना गरेका छन् ।

इटहरी संगीत चौकमा सम्पन्न शोक श्रद्धाञ्जली सभामा संघीय लिम्बुवान मञ्च नेपाल महासचिव, कलाकार तथा निर्देशक अशोक चेम्जोङले राज्यले चलचित्र छेत्रलाई उद्योगको रूपमा स्वीकार नगरेको बताए । कलाकारहरुको योगदानलाई अबमुल्यन गरेको बताउँदै, आजिवन कला बाहेक केही नगर्नेलाई पेन्सनको ब्यबस्था गर्नु पर्ने कुरामा उनले जोड दिए । नेपाल चलचित्रकर्मी महासङ्घ, एक नम्बर प्रदेश अध्यक्ष, निर्माता निर्देशक अरुण प्रधान, महासचिव तथा कलाकार दिनेश कोइराला , कलाकार निर्देशक प्रकाश सुब्बा, भिम लामा, लाखमान तामाङ ,सारदा साक्य लगायतले स्वर्गीय कलाकारहरुको मृत्युले नेपाली चलचित्र छेत्रमा अपुरणीय क्षति पुर्याएको बताएका छन् ।

















