जेसीज राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जेसीज राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी

साइनो समाचारदाता

चितवन । नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा पथरी जेसीजका संस्थापक अध्यक्ष जेसी अशोक शंकर विजयी भएका छन् ।

शुक्रवार चितवनको रत्ननगरमा सम्पन्न जेसीजको ४६ औं राष्ट्रिय महाधिबेशनले पथरी शनिश्चरे मोरङका जेसी शंकरलाई निर्वाचित गरेको हो । नवनिर्वाचित शंकरले अध्यक्षका दुई प्रत्यासी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पराजित गरेका थिए । १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरे । पराजित विकास मानन्धरले ४ सय ८७ र अरुणेश्वर खनालले ५ सय २७ मत प्राप्त गरेका थिए । चितवनको बीसहजार जेसीजबाट खनालले र काभ्रे जेसीजबाट मानन्धरले उम्मेदवारी दिएका थिए । कार्यकारिणी उपाध्यक्षमा सिनेटर विजय गुरुङ, जेसी शोभा खरेल, जेसी गोकुल सापकोटा, लालमणी भण्डारी निर्वाचित भएका छन् । महाधिबेशनमा देशभरिका १ सय ५१ वटा शाखाका युवाहरुको सहभागिता रहेको थियो । महाधिबेशनको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । जेसीजको ४६ औ राष्ट्रिय महाधिबेशन पुस ९ गतेदेखि १३ गतेसम्म चितवनमा हुदैछ ।

उनलाई जिताउन दमक उद्योग वाणिज्य संघ, पथरी उद्योग बाणिज्य संघ, पथरीमा अशोक शंकर जिताउ अभियान समिति लगायत समितिहरु क्रियाशिल भएको थियो । पथरी जेसीजको सिंगो टिम आफ्नो संस्थापक अध्यक्ष शंकरलाई जिताउन अभियानमा संलग्न भएका थिए ।

अशोक शंकरको जेसीज यात्रा

निर्वाचित अध्यक्ष शंकरले २०१० मा पथरी जसीजको संस्थापक अध्यक्ष भएर जेसीज संस्थामा प्रवेश गरेका थिए । व्यवसायको सिलसिला उर्लाबारी जाने क्रममा जेसीजको वारेमा सुनेर प्रभावित भइ जेसीज स्थापना गरेका हुन् । सन् २०१४ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष बने, सन् २०१८ मा कार्यकारिणी उपाध्यक्ष र सन् २०१९ मा नेपाल जेसीज अध्यक्ष सल्लाहकार बनेका थिए ।

३८ बर्षीय युवा शंकरले जेसीज संलग्न हुदै व्यवसायमा पनि उत्तिकै क्रियाशिल हदै आए । झापाको दमक, मोरङको पथरी र बिराटचोक र सुनसरीको ईटहरीमा लत्ताकपडा सहित शंकर ज्वेलर्स ईन्टरनेशनल सञ्चालन गर्दै आएका छन् । उनले अष्ट्रेलियामा पनि शंकर ज्वलर्स सञ्चालन गरिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, फिलिपिन्स, नेदरल्यान्ड, हङकङ लगायतका २ दर्जन बढी मुलक पनि पुगेका छन् । जेसीजलाई युवाहरुको साझा संस्था बनाउदै नेतृत्व, ब्याक्तित्व विकाससंगै आत्मनिर्भरताको बाटोमा लैजान सहयोग पुर्याउने कार्यक्रमहरु ल्याउने उनको योजना छ । अहिले बोलेर भन्दा गरेर देखाउने अठोट उनको रहेको छ । नेपालमा एउटा अनुकरणीय र प्रशंशा योग्य संस्था जेसीजलाई बनाउने धोको छ । दमक उद्योग वाणिज्य संघका सदस्य शंकर पथरी उद्योग वाणिज्य संघका पूर्व सदस्य पनि हुन् ।

सम्बन्धित खवर