
साइनो समाचारदाता
पथरी । नेपाल जेसिज वर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षका उम्मेदवार जेसी अशोक शंकरलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरिएको छ ।

नेपाल जेसिजको राष्ट्रिय महाधिबेशनमा हुने निर्वाचनमा विजय गराउन पथरी उद्योग वाणिज्य संघ पथरी शनिश्चरे, मोरङले अपिल गरेको हो । जेसी शंकर संघको पूर्व सदस्य पनि हुन् । पथरी जेसीजका संस्थापक अध्यक्ष समेत रहेका जेसी शंकरले नेपाल जेसिजको कार्यकारी उपाध्यक्षको समेत जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

त्यस्तै दमक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका उम्मेदवार अशोक शंकरलाई जिताउन जेसीजमा आवद्ध उद्योगी, व्यवसायीहरुलाई आव्हान गरेको छ ।

संघको सोमबार बसेको बैठकले शंकर ज्वेलर्सका सञ्चालक समेत रहेका युवा व्यवसायी शंकरलाई जिताउन देशभरिका जेसीजमा आवद्ध उद्योगी, व्यवसायीहरुलाई आव्हान गर्ने निर्णय भएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले वताए । वैठकले शंकरलाई जिताउन देशभरिका उद्योग, वाणिज्य संघ, जेसीज शाखाहरुसंग समन्वय गर्न संघका सदस्य समेत दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्रीलाई संयोजकको जिम्मेवारी दिईएको छ । खत्रीले नेपाल जेसीजका अध्यक्षका उम्मेदवार शंकरलाई जिताउन देशभरिका उद्योगी, व्यवसायीहरुसंग अनुरोधसहितका आवश्यक पत्राचार गरिएको बताए ।
महाधिबेशनमा देशभरिका १५१ वटा शाखाका २ हजार बढी युवाहरुको सहभागिता जनाएका छन । जेसीजको ४६ औ राष्ट्रिय महाधिबेशन पुस ९ गतेदेखि १३ गतेसम्म चितवनमा हुदैछ ।
















