साइनो समाचारदाता
पथरी । नेपाललगायत विश्वभरका इसाई धर्मबलम्बीहरुले बुधबार हर्षोउल्लासको साथ क्रिष्टमस पर्व मनाउँदैछन् । क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्ट जिजस क्राइस्ट को जन्म भएको दिनलाई दिवसको रुपमा मनाउँदै आएका छन् । नेपालको चौथो ठूलो धर्म रहेको इसाई धर्मवलम्बीहरुले धुमधामकाथ मनाउने गरेका छन् । इसाईले मात्र होइन, गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।
क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ । पुजा स्थल चर्च(गिरिजा घर)हरुमा मनाउने गरेको इसाई धर्मावलम्बीहरुको जनसंख्या १ दशमलब पैतालिस रहेको छ ।
राष्ट्रपतिद्वारा शुभकामना
साइनो समाचारदाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’को उपलक्ष्यमा शुभकामना दिएकी छिन् । पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उनको जारी सन्देशमा उल्लेख छ ।
बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना पनि गरेकी छन् ।

















