साइनो समाचारदाता
काठमाडौं । राष्ट्रिय सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गरेको छ । माघ ९ गते हुने चुनाबको लागि ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई हात, राष्ट्रिय जनता पार्टीलाई छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल मजदुर किसान पार्टीलाई मादल, नेपाल सङ्घीय समाजवादी पार्टीलाई बस, नेपाली जनता दललाई गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्र्याक्टर चुनाव चिह्न प्राप्त गरेको आयोगले जनाएको छ ।

सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत आयोगले तोकेको छ । आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएको छ भने जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ ।
















