नेकपा जनता झुक्याउने पार्टीःवरिष्ट नेता राई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेकपा जनता झुक्याउने पार्टीःवरिष्ट नेता राई

निमा पोङस्युवा

धरान । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले समाजवादीले के गर्छ भन्ने कुरा प्रदेश २ मा गरेको कामले उदाहरण दिएको बताएका छन् ।

उनले राष्ट्रसंघले दिगो विकास लक्ष्य सन् २०३० भित्रमा महिला र पुरुष ५०÷५० प्रतिशत अनिवार्य सभागिताको कुरा गरेपनि समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारले १० वर्षअघि नै लोकसेवा लगायत नीति निर्माण र सबै तहमा महिला र पुरुषलाई समान प्रतिनिधित्व दिलाउने नीति ल्याइसकेको बताएका हुन् । उनले भने ‘केपी ओली सरकारले प्रदेशलाई अधिकारबिहीन बनाउन खोजेका छन, तर नेकपाको प्रदेश सरकार र समाजवादीको प्रदेश सरकारमा काम गराईमा ठूलो भिन्नता छ ।’ समाजवादीले सम्हालेको स्वास्थ मन्त्रालय र शहरी बिकास मन्त्रालयको अधिकार प्रदेश सरकारलाई दिएको उनले उल्लेख गरे । समाजवादी पार्टीका धरान नगर प्रमुख पदका उम्मेदवार गजेन्द्र इस्वोलाई गाईको संज्ञा दिँदै उम्मेदवार गजेन्द्र इश्बोले धरान र धराने जनताको लागि दिएको योगदान नै इस्वोको चुनाव जित्ने आधार भएको दावी गरे । उनले नेकपा र कांग्रेसलाई लक्षित गर्दै ती पार्टीहरु र तिनका उम्मेदवार बाट देश र जनताको कुनै पनि अपेक्षा पूरा नहुने ठोकुवा समेत गरे । राईले भने ‘चुनावमा कसले जित्छ भन्ने थाहा हुने भए जित्नेलाई विजयी घोषणा गरे हुन्छ तर त्यस्तो हुँदैन । जनताले दिने मतका आधारमा विजयी हुने भएकाले जनताले योग्य उम्मेदवारलाई मतदान गर्नुपर्छ , जिताउनु पर्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चुलाचुलामा ग्याँसको नारा इन्डक्सन चुलामा पुगेको बताउँदै भने ‘जनता जिल्याउने कुरामा प्रधानमन्त्री ओली माहिर छन् ।’ जनता झुक्याउने नेताको पार्टी नेकपा पनि उस्तै भएको उनले बताए । नेकपाका प्रधानमन्त्रीले रेलको कुरा गरेका छन् । रेल खन्न शुरु गरेको ९ वर्ष लाग्ने बताउँदै त्यस्का लागि नेपालले पर्याप्त लगानी गरेमात्र सम्भब हुने चिनियाँ सरकारले जनाईसकेको दाबी गरे । राईले भने ‘तर ओलीले जनतालाई गफ मात्र दिएर लुम्बिनीमा रेल पु¥याइसकेका छन् ।’

समाजवादी पार्टीले संविधान संशोधनको मुद्दा अघि सारेको बताउदै संविधानमै राष्ट्रघात भएको आरोप लगाए । ओली कति राष्ट्रबादी भन्ने कुरा प्रदेश राजधानी घोषणा गर्दा नै पूष्टि भएको बताए । उनले भने ‘विजयपुर जस्तो ऐतिहासिक राजनीतिक थलो रहेको धरानलाई ओलीले प्रदेश राजधानी बनाउन चाहेनन् ।’ उनले अन्तर्रा्िष्ट्रय सिमाना भन्दा ५० किलोमीटरको दुरिमा राजधानी हुनुपर्ने सुझाब लत्याउदै प्रदेश १ को राजधानी भारत नजिक बिराटनगर राखेको आरोप लगाउँदै प्रश्न गरे ‘राष्ट्रबादको उदाहरण यहि हो ?’ नेकपा तानशाही उन्मुख भएको उदाहरण गुठी बिधेयाक, मिडिया काउन्सिल बिधेयक भएको बताए । सभामा लिम्बुवान पार्टी परित्याग गरेका रितेश लिम्बू, प्रेम गुरुङ र पुर्ण लिम्बुको नेतृत्वमा २ सय बढी समाजवादीमा प्रवेश गरे ।

सम्बन्धित खवर