साइनो समचारदाता
धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ का निर्वाचित अध्यक्ष हुन्, नरेशकुमार इङ्वारम हुन् । उनको घरमा घर भाडा लिइ बसेका ९ जनालाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको छ ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको गतिविधि संलग्न गरेको आरोपमा वडा अध्यक्ष नबस्ने घर भाडा तिरेर बसेका ९ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार अनुसार पक्राउ परेकाहरुमा संखुवासभा सिलिचौंङ ३, ताम्कुका हाल धरान ८ बरगाछी बस्ने ३६ वर्षका सुबास राई, धरान ८, भोटेपुलका संजेश राई, संखुवासभा, सिलिचौंङ ३, ताम्कुका दिपेन्द्र राई, सिलिचौंङ ३, ताम्कुका प्रविन राई, सिलिचौंङ ३, ताम्कुका उदिप रसाइली, सिलिचौंङ ३, ताम्कुका उमेश राई, सिलिचौंङ ३, ताम्कुका पदमा राई, सिलिचौंङ ३ हेन्द्र राइ, धरान–८ का ताम्कु रमेश भन्ने कुमार ढकाल छन् ।

उनीहरुको शरिर तथा बसेको कोठ खनतलासी गरेर मोबाईल सेट १०, सिम १२ थान, अढाई लिटरको नयाँ प्रेशर कुकर १, आर्थिक सहयोग संकलन गर्ने चन्दा रसिद, नेकपा बिप्लब हस्ताक्षर भएको पत्र २, नगद रकम १ लाख, १२ हजार, ५ सय रुपया, डायरी १, मोटर साईकल २ प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष इङवारम तथा परिवार नबस्ने घरमा उनिहरु डेरा गरी बस्ने गरेका थिए ।
















