लैंगिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

लैंगिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका ३ स्थानमा जनचेतनामूलक कार्यक्रमको तय गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखामार्फत सवै वडालाई समेटेर ३ स्थानमा कार्यक्रमको तयारी भएको शाखाकी प्रमुख गीता कट्टेलले जनाइन् । नगर उपप्रमुखको वास्तोलाको संयोजकत्वमा आज भएको भेलाले वडा नम्वर ५ र ६ को हसन्दह क्षेत्रका लागि हसन्दहमा मंसिर ९ गते कार्यक्रम हुनेछ । जसका लागि वडा सदस्य शान्तिदेवी ऋषिदेव संयोजक, सरस्वती पाण्डे व्यवस्थापक सहितको समिति गठन भएको छ । वडा नम्वर ४, ८ र ९ का लागि १८ गते शनिश्चरेमा र १, २, ३, ७ र १० का लागि २४ गते समापनका रुपमा पथरीमा कार्यक्रम हुने तय भएको छ । शनिश्चरेको संयोजकमा निर्मला गदाल, व्यवस्थापकमा दिलु मगर, पथरीको संयोजकमा मैनादेवी फुँयल आचार्य र व्यवस्थापकमा सीता भुसाल सहितका महिला जनप्रतिनिधि सदस्य रहेको समिति बनेको छ । नगर महिला फेडेरेशन् सहित स्थानीय विभिन्न संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम अघि बढाइने भएको छ ।

सो अवसरमा, आफु हिंसा पिडीत भएर पनि हिंसा हटाएर सफलता हाँसिल गरेका व्यक्तिलाई सम्मान गरिने छ । लैंगिक हिंसा विरुद्धको विषयवस्तुमा विद्यालय तथा बाल क्लब स्तरीय कविता प्रतियोगिता र खुला हण्डीफोर प्रतियोगिता समेत सञ्चालन हुने छ । नोभेम्वर २५ देखि सुरु भई अन्तरराष्ट्रिय मानव अधिकार दिवश डिसेम्वर १० मा कार्यक्रम समापन गर्ने १६ दिनको अभियान अन्तर्गत नगरले पनि ३ दिनको कार्यक्रम तय गरेको हो । सो दिवशको नारा ‘समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यवद्धता’ रहेको छ ।

सम्बन्धित खवर