साइनो समचारदाता
टाँडी (मिक्लाजुङ) । किरातेश्वर हाङ्साम माङ्हिम मिक्लाजुङ गाउँपालिका टाँडी, मोरङमा समाज सुधारक, राष्ट्रिय विभूति फल्गुनन्द लिङ्देनको पूर्ण कदको शालिक अनावरण गरिएको छ । मूख्य मन्त्री शेरधन राईले ९ फिट अल्गो फल्गुन्दको शालिक अनावरण गरेका छन् ।

सोमबार गरिएको अनावरण पछि प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले महागुरु फल्गुनन्दले देखाएको बाटो सत मार्ग र सत कर्म रहेको बताएका छन् । अहिङ्सा, शान्ति र मानव एकता मानव हितको लागि भएकाले फल्गुनन्दले देखाएको बाटोमा हिड्नु पर्ने बताए । महागुरुको असाधारण ब्यक्तित्वले गर्दा राष्ट्रिय बिभूति राज्यले घोषणा गरेको भन्दै राईले अहिले नैतिकताको खडेरी परिरहेको बेला महागुरुको शिक्षा सबै भन्दा उत्तम हुने र देश बिकासको लागि पनि सत कर्म, सत विचार र व्यबहारको खाचो रहेको बताए ।
प्रदेशको नामाङ्कनको बिषयमा बोल्दै मुख्यमन्त्री राईले भने बर्षौ वर्ष लगाएर संविधान सभाले टुङ्गो लाउन नसकेको प्रदेश राजधानी प्रदेश सकारले टुङ्गो लगाएको बताएका छन् । ‘अहिले प्रदेश सरकारले राजधानीको टुंगो लगाई सकेको छ ।’ उनले भने, ‘अब छिटै प्रदेशको नाममा सहमति जुट्ने कुरामा बिश्वस्त रहन आग्रह गर्छु ।’

कार्यक्रममा बर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले महागुरुले सत्य, शान्ति र अहिङ्साको सन्देश बाड्नु भएकोले अहिले सबै मिलेर बिश्व शान्ति र मानव एकता गर्नु पर्ने कुरामा जोड दिए । उनले माङ र हाङ सङ्गै हुने र धर्मलेनै ज्ञानको ढोका खोल्ने र राज्य सम्म पुग्ने भएकोले माङ सारै चिन्नु पर्ने बताए । उनले दुखेसो पोखे, ‘हाम्रो मान्छेले अझै धर्म चिनेको छैन ।’
















