उपनिर्वाचनः समाजवादीले गर्यो उम्मेदवारहरुको फिक्स - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

उपनिर्वाचनः समाजवादीले गर्यो उम्मेदवारहरुको फिक्स

साइनो समचारदाता

दमक । समाजवादी पाटी प्रदेश समिति (प्रदेश नं. १) ले ४ स्थानीय तहको उम्मेदवार फिक्स गरेको छ । पाटीको प्रदेश समितिले उम्मेदवार टुङ्गो लगाएको बताएको हो । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा धरान उपमहानगरपालिका (सुनसरी) को प्रमुखमा गजेन्द्र इस्वो लिम्बू, फाल्गुनन्द गाउँपालिका(पाँचथर)को अध्यक्षमा बिमला आङदेम्बे नेम्बाङ र मकालु गाउँपालिका(संखुवासभा)को अध्यक्षमा नोर्वु शेर्पालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका वार्ड नं. १ को अध्यक्षमा गौरव लामा र पाँचथरकै हिलिहाङ गाउँपालिका वार्ड नं. ७ को अध्यक्षमा भवानी योङयालाई सर्वसम्मत उम्मेद्वार चयन गरेको छ । समाजवादीले प्रदेश समितिका मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रदेशका अध्यक्ष प्रविन चाम्लिङद्वारा जारी विज्ञप्तीमा छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति समाजवादी पार्टी प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सो भूभाग नेपाल कै हो, दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेदजनक र अमान्य छ ।’ पाटीले कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकाले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग पनि गरेको छ ।

यसैबीच प्रदेश समितिकको पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । बसेको बैठकले विभिन्न समसामयीक राजनीतिक विषयहरु निर्णय गर्दै सम्पन्न गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै बिहीबार दमकको पाथिभरा पार्टी प्लालेसको सभा हलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । प्रेस नेपाल प्रदेश नं. १ को आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमा प्रेस नेपाल प्रदेश १ का अध्यक्ष फिपराज वेघाको अध्यक्षता भएको थियो भने कार्यक्रम मुख्य सचिव अजित धिमालले सञ्चालन गरेका थिए ।

समाजवादी पार्टी प्रदेश नं. १ ले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै ः

मितिः २०७६÷०७÷२१

प्रेस विज्ञप्ति

नेपाली जनताको पटक पटकको बलिदानी र संघर्षबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालमा उत्पीडित जनताको चाहाना अनुसारको परिवर्तनको प्रत्याभूत आमजनताले गर्न सकेको छैन्, त्यसलाई साँच्चै जनतालाई अधिकार सम्पन्न र मुलुकलाई समृद्धि र सुशासन दिलाउनको निम्ति आज नेपाली जनताको वैकल्पिक शक्तिको रूपमा समाजवादी पार्टीको स्थापना भएको हो । यसरी समाजवादी पार्टीले आफ्नो कार्यक्रमहरुलाई जनस्तरमा पुर्याउनका निम्ति विभिन्न गतिविधि गर्दै आएको छ । यसै सन्दर्भमा समाजवादी पार्टी प्रदेश नं. १ को मिति २०७६ कार्तिक २० गते झापाको दमकमा पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले समसामयिक राजनीतिक विषयमा महत्वपुर्ण निर्णयहरु गरेको छ ।

छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति समाजवादी पार्टी प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको छ । सो भूभाग नेपाल कै हो, दुइ देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेद जनक र अमान्य छ । त्यस्तै कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकोले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग गर्दछौं । साथै झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालालाई मदन भण्डारी रंगशाला बनाउने सरकारको दुस्प्रयासप्रति समेत खेद प्रकट गर्दै आदिवासी रंगशाला नै कायम गरि काम अघि बढाउन समेत जोडदार माग गर्दछौं ।

बैठकले गरेका महत्वपूर्ण थप निर्णयहरुः

१. आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा पार्टीले सशक्त रूपमा सहभागिता जनाउने भएकाले पार्टीका प्रदेश नं. १ का मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरियो । साथै कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरियो ।

२. आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा सुनसरी धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेद्वार गजेन्द्र इस्वो लिम्बू, पाँचथर जिल्ला फाल्गुनन्द अध्यक्ष पदको उम्मेद्वार बिमला आङदेम्बे नेम्बाङ, फिदिम नगरपालिका वार्ड नं. १ को अध्यक्षमा गौरव लामा र हिलिहाङ गाउँपालिका वार्ड नं. ७ को अध्यक्षमा भवानी योङयालाई सर्वसम्मत उम्मेद्वार चयन गरियो ।

३. समाजवादी पार्टी प्रदेश नं. १ मा समायोजन गर्न बाँकी रहेको जिल्ला, नगरपालिका, गाउपालिका र जनवर्गीय संगठनहरुको समायोजनको निम्ति उपाध्यक्ष दीपक याक्खाको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरियो ।

४. पहिचान सहितको संघीयता र संविधान संशोधन विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्याशाला गर्ने निर्णय गरियो ।

प्रविण चाम्लिङ
अध्यक्ष

सम्बन्धित खवर