साइनो समचारदाता
धरान । आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचन अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदमा तिलक राईको नाम अनुमोदन गरेका छ ।
आज केन्द्रीय कार्यालय विपि नगर ललतिपुरमा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देउबाको अध्यक्षतामा बसेको बैठकले राईको नाम अनुमोदन गरेको हो । राईलाई सुनसरीको क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति र सुनसरी जिल्ला कार्य समितिले सर्वसम्मत्रुपमा नाम सिफारिस गरेको थियो । उनी यसअघिको स्थानीय चुनाबमा तारा सुब्बासँग पराजित भएका थिए ।


















