शान्ति सामुदायिक वनको आयो निर्वाचन परिणाम(मत परिणामसहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

शान्ति सामुदायिक वनको आयो निर्वाचन परिणाम(मत परिणामसहित)

साइनो समचारदाता

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह (पथरी शनिश्चरे १, मोरङ) को निर्वाचन परिणाम वहीबार १० बजे आएको छ । विहान ७ वजेदेखि सुरु मतदान प्रक्रिया दिउसो ३ वजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको थियो ।

सदस्य तर्फको खुल्ला निर्वाचनमा सन्जिब गिरी ३ सय ५८ मत, पूर्णबहादुर तामाङ ३ सय ८१ मत, कोषबहादुर (केशब) विष्ट ३ सय ६१ मत, सोमराज राई ३ सय १७ मत, मिलन राई ३ सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । ५ जनाको कोटामा १४ जनाको उम्मेदवारी दिएको थियो । पुन्यबहादुर तामाङ २९८ मत, कृष्णबहादुर नेम्बाङ २५२ मत, काठबहादुर धिमाल २५५ मत, टंकप्रसाद उप्रेती १५२, भेषकुमार राई १७२ मत, कृष्णप्रसाद लिम्बु २५६ मत, रोइबहादुर चौहान १४४ मत, मधुकर राई २१३ र विश्व राई २२९ मत प्राप्त गरी पराजित भएका छन् । महिला सदस्यतर्फ ५ जनाको कोटामा ९ जनाको उम्मेदवरी परेको थियो । ती मध्ये बिन्दना कट्टेल ४३८ मत, सीता धिमाल ५१८ मत, सुबद्रा निरौला विष्ट ४२४ मत, सरिता राई लिम्बु ४१७ मत र सीता घले ४३७ मत प्राप्त गरी सदस्यमा चुनिएका छन् भने निर्मला भट्टराई ३९३ मत, हरिमाया गुरागाई प्रसाई ३१४ मत, पदमा तामाङ ३४९ मत र शान्तादेवी चापागाईँ घिमिरे २५६ मत प्राप्त गरी चुनिएनन् ।

आदिवासी जनजाति सदस्यतर्फ ३ उम्मेदवारी मध्ये एक विजयी भएका छन् । इन्द्रबहादुर (आईबि) राई २७४ मत र मनमाया मगर २३४ मत प्राप्त गरी पराजित भएका छन् भने १ मतको अन्तरले २७५ मत प्राप्त गरी मनकुमार राई विजय भएका छन् । बनमा १ हजाार २१ मतदाता रहेका मध्ये ९ सय ७९ जनाले मत खसालेका थिए ।

यसअघि अध्यक्षसहित मुख्य पदका लागि सहमति भएको थियो । बनको नवौं चुनाबी साधारण सभाले समितिको अध्यक्षमा पुन केवि गुरुङ नै सर्वसम्मत निर्वाचित भएका छन् । यस अघि समितिको सदस्य पदमा रहेका प्रकाश थापाको पनि अध्यक्षमा उम्मेद्धारी रहेको थियो तर सहमतिमा उनलाई सह अध्यक्ष बनाइने भएपछि अध्यक्ष र सहअध्यक्षमा क्रमशः गुरुङ र थापा निर्वा्चित भएका हुन् । समितिको उपाध्यक्षमा साजन धिमाल, हेमभक्त गुरुङ, सचिवमा मेनुका राई, सहसचिवमा नवराज मिश्र र कोषाध्यक्षमा कुलमणि गुरुङ चयन भएका हुन् । उपाध्यक्ष मध्ये धिमाल निवर्तमान सदस्य, गुरुङ निवर्तमान उपाध्यक्ष थिए । राई पुनः सचिवमा निर्वाचित भएकी हुन् । लेखा सुपरिक्षण समितिको संयोजकमा तुलसी बस्नेत तथा सदस्यद्वयमा रमिला थापा मगर र नरेन्द्र घिसिङ निर्वाचित भएका छन् ।

सम्बन्धित खवर