सिरिजङ्गा बन्यो, उत्कृष्ट प्रादेशिक धार्मिक बन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

सिरिजङ्गा बन्यो, उत्कृष्ट प्रादेशिक धार्मिक बन

साइनो समचारदाता

पथरी । सिरिजंगा धार्मिक वन (पथरी शनिश्चरे–१०, मोरङ) प्रदेश नं १ को उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार प्राप्त गर्न सफल भएको छ । वनले ६० हजार रुपैँया पुरस्कार राशी सहितको सो पुरस्कार प्राप्त गर्न सफल भएको हो । मंगलवार विराटनगरमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतद्धारा एक कार्यक्रमका बीच वन समितिलाई सम्मान तथा नगदसहित पुरस्कृत गरिएको हो ।

वनका अध्यक्ष गंगा साँवाले बन अतिक्रमण, समाधिस्थल तथा पक्की चिहान निर्माणमा समितिले रोक लगाउनुका साथै प्रकृति पुजा, ज्येष्ठ नागरिकलाई सम्मान लगायतका विभिन्न उदाहरणीय कार्य गर्दै आएकाले वनलाई उत्कृष्ट प्रादेशिक वनको पुरस्कार प्राप्त गर्न सफल भएको बताएका छन् । वन ऐन २०४९ र वन नियमावली २०५१ को अधिनमा रहि वन संरक्षण गर्दै आएकोले पनि यस वन पुरस्कृत भएको अध्यक्ष साँवाको भनाई छ ।

वि.सं २०६२ भदौ २५ गते हस्तान्तरण भएको यस वनको भूभाग १५.२१ हेक्टर रहेको छ । वनको आकर्षक गेट र सिरिजंगा सिङ थेवेको विशाल शालिकले यस बनको भू–भागमा आन्तरिक पर्यटकहरुको आवागमन समेत हुने गरेको छ ।

सम्बन्धित खवर