पथरी स्पोर्टिङ क्लबलाई इजरायलबाट सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

पथरी स्पोर्टिङ क्लबलाई इजरायलबाट सहयोग

साइनो समचारदाता पथरी/ लामो समय देखी फुटबल खेलमा सकृय रहेको पथरी स्पोर्टिङ क्लबलाई खेल सामाग्री सहयोगी उपलब्ध भएको छ । खेल सामाग्री अभावमा तालिमका साथै खेल खेल्न समस्या भैरहेको अवस्थामा पथरीशनिश्चरे –३ का सागर लिम्बुले इजरायलबाट खेल सामाग्रीका लागि नगद २५ हजार सहयो गरेका हुन । संचारकर्मी गोपाल काफ्लेले फुटवल नभएका कारण तालिम गर्न समस्या रहेको भन्दै सामाजिक संजालमा पोस्ट गरे पछि फुटवल प्रेमीहरुले खेल सामाग्री सहयो गरेका थिए । लिम्बुले २२ थान जर्सी, तालिमका लागि लेडर र फुटवल सहयोग गरेका हुन ।


लिम्बु संगै इजरायलमा रहेका प्रकाश पाहिम र पथरी शनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जय बहादुर तामाङ्गले ३/३ थान फुटबल प्रदान गर्नु भएको छ ।
सहयोगी हातहरुले उपलब्ध गराएको खेल सामाग्री पथरीमा संचालित दोस्रो पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगीताको अवसर पारी हस्तान्तरण गरिएको छ । सहयोग सामाग्री कार्यक्रमकी प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालीकाकी उप प्रमुख यमुना बिष्ट बास्तोला वडा अध्यक्ष तामाङ्ग, नवराज तुम्बापो र आशा लिम्बुले क्लवका म्यानेजर भिष्म न्यौपाने र कोच दिपक पुलामीलाई हस्तान्तरण गनुभएको छ ।

 

सम्बन्धित खवर