साइनो समचारदाता
धरान । पेस्तोल र लागुऔषधसहित २३ वर्षीय निरजकुमार राउत पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका ९ डेरा गरी बस्ने कोशी गाउँपालिका ३ का राउतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । राउतले लागुऔषध बिक्री गर्दै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठा तलासीको क्रममा पक्राउ गरेको थियो । पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, नियन्त्रित लागुऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान बरामद भएको छ। त्यसैगरि उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतिपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान राउतको कोठाबाट प्रहरीले बरामद गरेको छ ।
















