काठमाडौं : दशैं र तिहारलाई लक्षित गरी राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिने प्रवक्ता निरौलाले जानकारी दिए । सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक-एक बन्डल नयाँ नोट सटही गर्न पाउने छन् ।

















