बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सुरु, धरान फाइनलमा प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सुरु, धरान फाइनलमा प्रबेश

साइनो समचारदाता

बेलबारी । मोरङको बेलबारी स्थित लक्ष्मीमार्गमा तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

शनिबार भएको उद्धघाटन खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई घरेलु मैदानमा ४–३ गोल अन्तरले निराश बनाउँदै धरान अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा धरानका बर्तमान राई, बुद्ध चेम्जोङ, मनोज राई र विष्णु सुनारले गोल गरे । मनिष गुरुङको प्रहार पोलमा लागेर फर्कियो । आयोजकका साइमन राई, विक्रम लिम्बू र अनुज मगरको प्रहार मात्रै पोस्टको दिशा पायो । सुनिल खड्काको प्रहार धरानका गोलरक्षक लक्की कार्कीले रोकिदिए । मिलन राईको प्रहार पोलमा लागेर फर्किएनु आयोजकको दुर्भाग्य बन्यो । खेलमा आयोजकको तुलनामा धरानको प्रदर्शन उत्कृष्ट रहयो । दुवै टिमको फिनिसिङ फितलो हुँदा निर्धारित समयमा नतिजा निस्कन नसक्दा खेलको निर्णय लिन टाईब्रेकरसम्म पर्खनु परेको हो ।

खेलको १५ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार आयोजकका गोलरक्षक छिरिङ तामाङले विफल पारिदिए । २८ औं मिनेटमा धरानकै वर्तमान राईको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४७ औं मिनेटमा तीर्थ बस्नेतको सशक्त प्रहारलाई आयोजकका गोलरक्षक तामाङले विफल पारिदिए । ५५ औं मिनेटमा उमेश राईको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि धरानले निर्धारित समयमा गोल गर्न सकेन ।
२२ औं मिनेटमा सुनिल खड्काको प्रहारलाई धरानका गोलरक्षक लक्की कार्कीले उत्कृट ढंगबाट बचाउ गरे । ४६ औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबार माथिबाट बाहिरियो । ६० औं मिनेटमा सुनिल खड्काले गरेको प्रहारलाई धरानका गोलरक्षक कार्कीले बचाउने क्रममा रिबाउण्ड भएपछि विकेश सुब्बाले गरेको अर्को प्रहारले पनि पोस्टको दिशा लिन नसक्दा आयोजकले अन्तिम चारमा स्थान पक्का गर्ने अवसर गुमायो । खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक लक्की कार्की घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा सुरु प्रतियोगिता असोज १० गतेसम्म सञ्चालन हुने छ । आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्धघाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरे । प्रथम हुने टिमले पाँच लाख र द्धितिय हुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । आइतबार झापा–११ र एपीएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

धरान फुटबल क्लबका खेलाडी हरियो जर्सीमा र आयोजकका खेलाडी निलो जर्सीमा ।

सम्बन्धित खवर