सरकार बारे पार्टीले छिट्टै निर्णय हुन्छः सह अध्यक्ष श्रेष्ठ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

सरकार बारे पार्टीले छिट्टै निर्णय हुन्छः सह अध्यक्ष श्रेष्ठ

साइनो समचारदाता

बिराटनगर । सत्तारुढ समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र श्रेष्ठले पार्टी सरकारमा रहने नरहने बारे छिट्टै निर्णय गर्ने बताएका छन् ।

शुक्रबार मोरङको विराटनगरमा आयोजित संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् । उनले भने, ‘संविधान संशोधन बारे कुरा हुँदा नेकपाका शीर्ष नेताहरुले सकारात्मक कुरा गर्नुहुन्छ । तर व्यवहारमा भैरहेको छैन । अब के गर्ने भन्ने सम्बन्धमा पार्टीको केन्द्रीय बैठकबाट टुङ्गो लगाउँछौं ।’ पार्टीको केन्द्रीय बैठकबाट संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएर सत्तागठबन्धन नेकपासँग छलफल गर्ने र नेकपाले संशोधन विधेयक ल्याउन नमाने सरकारमा जारी साझेदारिता अन्त्य हुन सक्ने श्रेष्ठले बताए । पार्टीको तर्फबाट पहिले पनि नेकपा र प्रधानमन्त्रीलाई स्मरणपत्र दिएर संशोधनको मुद्दालाई अघि बढाउन आग्रह गरिएको स्पष्ट पारे । संविधान उद्दार लोकतान्तृक दृष्टिकोणबाट उत्कृष्ट देखिए पनि सङ्घीय लोकतान्तृक दृष्टिकोणबाट हेर्दा विभेदकारी र अपूरो रहेको उनको ठम्याई थियो । नेता श्रेष्ठले आफूहरु जिम्मेवार राजनीतिक दल हुनको नाताले संविधानमा प्राप्त उपलव्धिहरुको रक्षा गर्ने र पहिचानमा आधारित १०+ं१ प्रदेश निर्माणको निम्ति निरन्तर संघर्षमा लाग्ने जिकिर गरे । उनले भनेका छन् ’समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र सङ्घीय शासन व्यवस्थाका मान्यताहरु प्राप्तिका लागि हामीले सबै मोर्चाहरुबाट दवाव दिइरहनुपर्छ ।’

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष युवराज कार्कीले संविधान संशोधनको लागि देशब्यापी दवाव सिर्जना गर्न अन्तरकृया कार्यक्रम राखिएको जनाए । पार्टी सचिव परशुराम बस्नेत, प्रदेश सांसद जयराम यादव, डा. के के राईलगायतले संविधान शंशोधनको मुद्दालाई निष्कर्षमा पुर्याएर मात्रै १० +ं१ प्रदेश सहितको सङ्घीय नेपाल निर्माण गर्न सकिने भन्दै पार्टी पंक्तीले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । समाजवादी पार्टी १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङको अध्यक्षतमा सम्पन्न अन्तरकृया कार्यक्रममा पार्टीको झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाका नेता कार्यकर्ताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

समाजवादी पार्टीले असोज ३ गते संविधान जारी भएको दिनलाई दिपावली पनि नगर्ने र कालो दिनका रूपमा विरोध पनि नगर्ने भन्दै संविधान संशोधनको मुद्दालाई उजागर गर्न अन्तरकृया कार्यक्रम गर्ने निर्णय गरेको थियो । घोषित कार्यक्रम अनुसार सात वटै प्रदेशका राजधानीहरुमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित खवर