बेलायतमा बृहत साँस्कृतिक सम्मेलन गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलायतमा बृहत साँस्कृतिक सम्मेलन गर्ने

साइनो समचारदाता

आसफोर्ड । याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बेलायतमा बृहत साँस्कृतिक सम्मेलन गर्ने भएको छ । नयाँ पुस्तामा समुदायको साँस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

आसफोर्डमा सम्पन्न आफ्नो नवौँ वार्षिक साधारणसभामा भावी कार्ययोजना प्रस्तुत गर्दै शाखा अध्यक्ष टङ्क येङ्देनले डिसेम्बरमा हुने चाःसोक तङ्नामका अवसरमा साँस्कृतिक सम्मेलन आयोजना गर्न आफू प्रयासरत भएको बताए । ‘सम्मेलनमा याक्थुङ समुदायका सबै साँस्कृतिक पहिचान झल्काउने प्रस्तुतिहरू हुनेछन्,’ उनले भने, ‘प्राज्ञिक बहसदेखि साँस्कृतिक अुनष्ठानहरू पनि गर्ने सोँच रहेको छ ।’ सम्मेलनमा बेलायतभरका साँस्कृतिक समूहहरूलाई निम्ता दिने बताए । उनले भविष्यमा युवा पुस्तालाई लक्षित गरेर भाषिक र साँस्कृतिक कक्ष सञ्चालन गर्न लागिरहेको जानकारी गराए । आसफोर्ड शाखालाई गत जुलाई चुम्लुङ देनमा सम्पन्न सिसेक्पा तङ्नाम उत्सवका अवसरमा उत्कृष्ट शाखाका रूपमा केन्द्रले चुम्लुङ अवार्डले पुरस्कृत पनि गरेको थियो । सोही दिन आसफोर्ड केलाङ समूहले यूकेव्यापी केलाङ प्रतियोगिताको उपाधि पनि हात पारेको थियो । आसफोर्ड र केन्ट काउन्टी याक्थुङहरूको सघन बसोबास भएको क्षेत्रमा पर्छ । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि चुम्लुङ यूकेका उपाध्यक्ष छत्र वनेमले सँस्कृति संरक्षणमा संस्थागत भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले याक्थुङ समुदायका विविध विषयहरूमा भइरहेको बहसलाई सकारात्मक रूपमा लैजानुपर्ने बताए । त्यस्तै, महासचिव गणेश इजमले चुम्लुङ देन(जग्गा) खरिद गरेपछि चुम्लुङकर्मीहरूको काँधमा थप जिम्मेवारी बढेको जनाए । चुम्लुङ यूकेका पूर्व अध्यक्ष डम्मर सिङ्गकले युवा पुस्ताको अर्थपूर्ण सहभागिताका लागि युवा कमिटी निर्माण गरेर चलायमान गराउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य पूर्ण मादेन, सल्लाहकारहरू लोकेन्द्र तबेबुङ, राजेन्द्र खिम्दिङ, देव हुक्पा चोङवाङ, नरेन्द्र मावोहाङ, निर्मल पतङ्वा, लिम्बुवान नागरिक समाज यूकेका महासचिव लाहाङ चेम्जोङ लगायतले विचार राखेका थिए । यसअघि, सचिव दिवस थोप्राले प्रस्तुत गरेको वार्षिक संस्थागत प्रतिवदेनलाई पारित गरिएको थियो । यस्तै, कोषाध्यक्ष सुन्दर लिङ्थेपद्वारा प्रस्तुत कुल ११,१२६.९९ पाउण्डको आय, कुल ४,९७१.८० पाउण्डको व्यय भई कुल ६,१५५.१९ पाउण्डको बचत भएको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष सोदिप थोप्राले स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा आएका सुझावहरूलाई समेटेर शाखाले एक वर्षको कार्यनीति र योजनाको प्रारुप तयार पार्ने सचिव थोप्राले बताए ।

सम्बन्धित खवर