लोक गायक थेगिम बचाउन सहयोग जुट्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

लोक गायक थेगिम बचाउन सहयोग जुट्दै

साइनो समचारदाता

चुलाचुली(इलाम) । विभिन्न रोगबाट पीडित पुर्वेली लोक गायक मोहन थेगिम बचाउ अभियान्तहरूले बुधबार चुलाचुली गाउँपालिका वडा नं. ३ को शिव ओरक टोल समितिले सहयोग संकलन हस्तान्तरण गरेको छ ।


टोलको अध्यक्ष पुष्प अआङदेम्बेको नेतृत्वमा कमला भट्टराई, लिला बस् थोक्लिहाङ, सञ्चराज यक्तेनले संयुक्त रूपमा गायक थेगिमको परिवारलाई १८ हजार ५५ रूपैयाँ सहयोग संकलन हस्तान्तरण गरेको हो । चुलाचुली गाउँपालिका वडा नं.३ मिलन चोक स्थित स्थायी घर भएको ४१ बर्षीय थेगिमको सुरूमा लिभर समस्या देखिएपछि थप अल्सर, मृगौला, फोक्सोमा पानी जमेकोले स्वास्थ अवस्था जटिल बन्दै गएको पीडित थेगिमले मिडियालाई बताएका छ । आर्थिकरूपमा कमजोर भएकोले अभियन्ताहरूले देश, विदेशमा रहनुभएको सहयोगी मनहरू प्रति थेगिम बचाउन अपिल गरेका छन् । ६७ बर्षीय सिंह प्रसाद थेगिम विरामी मोहनका बुबा हुन । उनले छोराका उपचारको लागि अपिल गर्दै भने,ञ छोराहरू मध्ये जेठा छोरा मोहन २६ बर्षअघि देखि घरबाट टाढा बस्दै आएकोे थियो, धनसम्पतिको नाममा २ कठ्ठा घडेरी छ, सकेको सहयोग गर्दिनु हुन सम्पुर्ण दाजुभाइ, दिदीबहिनीमा अपिल गर्दछु । सहयोगी मनहरूको लागि विरामी मोहन थेगिमकै नाममा खोलिएको नविल बैंकको खाता नं. २२१००२७५०४४३० राखिएको छ ।

थप सम्पर्कका लागि मोवाईल नं. ९८१४३६६९५४

सम्बन्धित खवर