साइनो समचारदाता
बिराटचोक । सुन्दरहरैंचा सिङ्गिङ आइडलको टप १० प्रतियोगी फाइनलमा प्रवेश गरेका छ । शनिवार मोरङको सुन्दरहरैचा वाड नं. १० स्थित डाक्टर डेभिड क्याफेको सभा हलमा भएको फाइनलमा १० प्रतियोगी छनोट भएका हुन ।
भदै १७ गते भएको प्रि सेमिफाइनलमा ४० प्रतियोगी छनोट भएका थिए । सोही ४० प्रतियोगी मध्येबाट टप १० प्रतियोगी छनोट भएका हुन । टप १० मा वाड नं. ३ की स्वस्तिका परियार, वाड नं. ८ का स्वरूप खतिवडा, सिमोन उराउ, सुनिल अधिकारी, निशान्त तामाङ, वाड नं. ९ का एलिस विष्ट, समीक्षा घिमिरे, वाड नं. १० का आयुस विष्ट, सागर तामाङ र क्षितिज महरा फाइनलमा प्रवेश गर्न सफल भएका छन् । सेमिफाइनलमा वाड नं. १० का अध्यक्ष राजेन्द्र बहादुर थापा, नगर कार्यपालिका सदस्य तारा घिमिरे लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष थापाले सुन्दरहरैंचा सिङ्गिङ आइडल सुन्दरहरैंचाको प्रतिष्ठासँग जोडिएको हुँदा नगरपालिकाले सहयोग गर्न कन्जुसाई नगर्ने र वडाहरूले पनि आर्थिक सहयोग गर्ने बताएका छन् । सेमिफाइनलमा निर्णायक सङ्गीकर्मी भीम बस्नेत, शेखर थापा मगर, राम धामी र रमेश कार्की थिए । सुन्दरहरैंचा सिङ्गिङ आइडलकाको फाइन असोज १० गते हुने आयोजकले जनाएका छन् । सेमिफाइनल कार्यक्रम सम्पन्न गर्न डाक्टर डेभिड क्याफे निःशुल्क हलको व्यवस्था गरेको, सुन्दरहरैंचा सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले जनाएका छन् ।
“सुन्दरहरैंचा सिङ्गिङ आइडल–२०७६” का विजेतालाई रु.२५ हजार, सहविजेताले रु.१५ हजार र उपविजेता लाई रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने सुन्दरहरैंचा सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले जनाएका छन् ।

















