साइनो समचारदाता
चुलाचुली (इलाम) । क्यान्सर रोगी १७ बर्षीया विना (सपना) चेम्जोङलाई उपचारर्थ सहयोग स्वरूप कोरियामा रहेको प्रवासी नेपालीहरूबाट संकलन सहयोग नगद आइतबार हस्तान्तरण गरिएको छ ।
चार बर्षदेखि प्रवास कोरियामा रहदै आएको चुलाचुली गाउँपालिका वडा नं.४ निवासी सुवास चेम्जोङको नेतृत्वले क्यान्सर रोगी विना चेम्जोङलाई सहयोग संकलन गरिएको थियो । मिडिया चुलाचुली इलाम र संकलनकर्ताको आमा मनमाया चेम्जोङदवरा संयुक्त रूपमा क्यान्सर रोगी विना र उनका अभिभावकलाई भरतपुर क्यान्सर हस्पिटलमा पुगि ६० हजार १ सय रूपैयाँ नगद हस्तान्तरण गरिएको छ । दमक २ भाङबारी घर भएको विपनाको ८ महिना यता देखि विपि मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार भइरहेको पीडितका आमा धनमाया चेम्जोङले वताएकी छिन् । उनको उपचारको लागि सहयोग उपेक्षा राखेका छन् ।

















