साइनो समचारदाता काठमाडौँ/ काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले केही बैंकको एटिएम सिस्टममा खराबी आएको सूचना प्राप्त भएको जनाएको छ । प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ चिनियाँ नागरिकलाई गएराती पक्राउ गरेको थियो । सुरक्षा खतराका कारण केही बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ । बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए ।
ट्रेन्डिङ
सम्बन्धित खवर
















