नेकपाआबद्ध मोर्चा प्रदेश १ को नाम किरात राख्न सक्रिय हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेकपाआबद्ध मोर्चा प्रदेश १ को नाम किरात राख्न सक्रिय हुने

साइनो समचारदाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ नाम किरात राख्न दबाब मुलक कार्यक्रम गर्ने भएको छ । मोर्चा केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उदेश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले बताए ।

मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो । प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उदेश्यले संविधान दिवसको अवसर पारेर अशोज ४ गते काठमाडौं र सुनसरीमा किरात सांस्कृतिक सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको महासचिव अर्जुन किरातीले बताए । शनिबार (भाद्र ७) गते बसेको बैठकले उत्पीडित समुदायको आरक्षण लोक सेवा आयोगले कटौती गरेको प्रति भ्रत्सना गर्दै सामुदायिक अधिकार स्थापनाको हुने आन्दोलनमा मोर्चा सहभागि हुने निर्णय भएको छ । दुई पार्टी एकतापछि किराती मोर्चाको भूमिका र संगठनको कार्य्दिशा निर्धारण गर्न प्रतिवेदनसहित नाराको बारे समेत छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि रहनु भएको पार्टी केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक सुरेश आले मगरले पहिचानको संघर्ष अझै जारी रहेको बताए । उत्पीडित समुदायको अधिकार स्थापनाको लागि पार्टी भित्र अन्तर संघर्ष जारी रहेको बताए । त्यसैगरी पार्टी केन्द्रीय सदस्य तथा मोर्चा इन्चार्ज शुरेस राई (हिमाल)ले पहिचानको आधारमा नाम राख्न दवावको साथै विकास र संमृद्धि लागि लाग्नुपर्ने बताए ।

सम्बन्धित खवर