बेचिएको बालग्रामको जग्गा फिर्ता गरः समाजवादी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेचिएको बालग्रामको जग्गा फिर्ता गरः समाजवादी

साइनो समचारदाता

बेलबारी । साहारा बालग्राम बेलबारी २, मोरङको जग्गा व्यक्तिको नाममा बेचिएको घटनाप्रति समाजवादी पार्टी, नगर समितिले भत्सना गरेको छ । मंगलबार बेलबारीमा आयोजित पत्रकार सम्मेलन आयोजना गरि सो घटनाप्रति भत्सना गरेको हो ।

पार्टीका बेलबारी नगर समितिका अध्यक्ष तिलक राईले सार्वजनिक जग्गा पँहुच र सत्ताको आडमा कम्युनिष्ट पार्टीमा आवद्द रहेका व्यक्तिबाट भएको समेत बताए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा पूर्व संसद हर्कमान तामाङ, तत्कालिन बेलबारी गाविसका पुर्व अध्यक्ष तथा बालग्रामका अध्यक्ष शिवप्रसाद बराल, नेकपाका स्थानीय नेता प्रताप थापालगायतको संलग्नतामा भएको भन्दै कारबाहीको माग गरेको छ । व्यक्तिको नाममा गएको जग्गा तत्काल बालग्रामको नाममा ल्याउन र बालग्राममा आश्रित परिवारलाई कसैको धम्की तथा प्रलोभनमा नपरी निर्धक बस्न आग्रह गरेको छ । सम्मेलनमा समाजवादी पार्टी मोरङ जिल्लाका सदस्य सीता राई, पूर्व जिल्ला सदस्य केशव थापामगर, बेलबारी समाजवादी युवा अध्यक्ष सन्तोष तामाङ लगायतको उपस्थिति रहेको थियो ।

अनाथ वालवालिका संरक्षणको लागि विदेशी दाताहरुको सहयोगमा मोरङको बेलबारी २ मा तत्कालिन सांसद हर्कमान तामाङ लाई २०५६ सालमा अमेरिकी नागरिक डयानी अनि, एलिसा हाम्फ्रिन, डा वाल्ट ज्यामी हार्वर अनि टेनिसीले “सहारा परिवार नेपाल, बेलबारी“ संस्थाका नाममा जमिन हस्तान्तरण गरेको हो । मोरङ जिल्ला प्रशासन कार्यालय दर्ता नम्वर ८७५ दर्ता भई अनाथ वालवालिकाहरुको हितमा काम गर्न संञ्चालित सो संस्थाले २ बिघा ५ कट्ठा ३ धुर जमिन खरिद गरि आवाश्यक भौतिक संरचनाहरु निर्माण गरेका थिए। उक्त सहारा परिवार नेपाल को नाममा रहेको कुल २८ कट्ठा ३ धुर जमिन मोरङ जिल्ला अदालत मार्फत २०७५ मंशिर ११ गते डम्वर बहादुर तामाङको नाममा गएको देखिएको छ। संस्थाको नाममा विभिन्न ८ वटा कित्ता नम्वर बाट २ बिघा ५ कट्ठा ३ धुर जग्गा बाँकी रहेकोमा हरैचा ( ५ ख हाल बेलबारी(२ को कित्ता नम्वर १०७८ को ५ कट्ठा कित्ता नम्वर ७८५ को ७ कट्ठा कित्ता नम्वर १०८३को ३ कट्ठा कित्ता नम्वर १०८१को ४ कट्ठा कित्ता नम्वर १०९० को ५ कट्ठा र कित्ता नम्वर १०१९ को ४ कट्ठा ३ धुर जमिन डम्बरबहादुर तामाङको नाममा नामसारी गरिएको अभिलेख मालपोत कार्यालय बेलबारीमा देखीएको छ । यस संस्थाको हालको संचालक समिति अध्यक्ष शिव बराल हुन् भने उनि दुई कार्यकाल बेलबारी गा. वि. स. का अध्यक्ष समेत हुन् । यसरी हेर्दा बराल गाविस अध्यक्ष भएकै समयमा तत्कालिन सांसद हर्कमान तामाङले सहारा नेपालको जमिन आफ्नो नाममा सारेको देखिन्छ । सहारा नेपालको जमिनमा स्थापना कालदेखिनै आश्रय लिएर बसोवास गर्दै आईरहेका ३० परिवार बस्दै आएका छन् ।

सम्बन्धित खवर