पूर्व सांसदसहितले बालग्राम बेचेपछि नेकपा कार्यकर्ता आन्दोलनमा, काँग्रेस र समाजवादीको आपत्ति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

पूर्व सांसदसहितले बालग्राम बेचेपछि नेकपा कार्यकर्ता आन्दोलनमा, काँग्रेस र समाजवादीको आपत्ति

साइनो समचारदाता

बेलबारी । साहारा परिवार नेपाल÷सहारा बालग्रामको जग्गा पूर्व सांसददेखि पूर्ब गाबिस अध्यक्ष सम्मको मिलेमोतोमा ३ करोड मुल्यमा बिक्री भएको छ । नेकपा एमालेको पूर्ब साँसद हर्कमान तामाङ, बेलबारी गाबिसका पूर्ब अध्यक्ष शिवप्रसाद बराल लगायत नेकपाका आधा दर्जन बढी नेताको मिलेमोतोमा जग्गा विक्री भएको हो ।

सोमबार नेकपा संयन्त्र वडा कमिटि बेलबारी २ ले सोमबार पत्रकार सम्मेलन गरी सो जग्गा इटहरी सुनसरीका ब्यबसायी डम्बरबहादुर तामाङको नाममा गएको दाबी गरेको छ । १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यक्तिको नाममा गईसकेको सम्मेलनमा बताइएको छ । पत्रकार सम्मेलनमा वडा संयोजक सीताराम न्यौपाने, उपसंयोजक रञ्जित गुरुङ, वडाध्यक्ष घनश्याम गौतम, सदस्य खिनामाया बस्नेतलगायत उपस्थिति थिए ।

भुमीहिनहरुलाई घरसहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले साहारा स्थापना भएको थियो । साहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । बालग्राममा हाल २८ परिवार बसोबास गरिरहेका छन । बेलबारी २ वडा कार्यलयमा जग्गा सम्बन्धि कुनै बिवरण भेटिएन । मालपोत कार्यलय बेलबारीको रेकर्डमा भएको साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर क्षेत्रफलका जग्गा तामाङको नाममा गएको देखियो । सहाराको नाममा रहेको जग्गा अदालती प्रकृया पुरा गर्दैै व्यक्तिको नाममा गएको देखिएको छ । मालपोतमा भएको अभिलेखमा ‘मिसिल नम्बर ८५ मिति २०७५।०८।११ को दाखिल खारेज को निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५।६।१४ को मिलापत्र अनुसार (उल्लेखित कित्ता नम्बरका जग्गाहरु) ठेली नम्बर ३०।४।८३ को सहारा परिवारको नामबाट डम्बर बहादुर तामाङको नाममा आएको छ ।’ हाल साहारा परिवारको नाममा साविक हरैँचा ५ख हाल बेलबारी २ को कित्ता नम्बर १०९४ को १० धुर र कित्तानम्बर १०९६ को ७ धुर जग्गा मात्रै रहेको लेखिएको छ । सहारा सञ्चालकहरुकै स्वार्थले बेचिएको जग्गा साहाराकै नाममा फिर्ता हुनुपर्ने माग सहित नेकपा आन्दोलनमा उत्रिएको छ । पत्रकार सम्मेलनमा उनीहरुले बिक्री गर्ने नेताहरुको नाम नै लिएर ब्यत्तिगत स्वार्थका लागि पार्टीको झण्डामुनि बसेर गलत काम गर्नेलाई पार्टीबाट निष्कासन सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । संयन्त्रको बैठकले जग्गा फिर्ताको पहल गर्ने, संलग्नहरुलाई पार्टीबाट समेत निष्कासन गरी कडाभन्दा कडा कारबाहीको माग गर्ने निर्णय समेत गरेको छ । संयोजक न्यौपानेले पार्टीको बदनाम गरेर संस्थाको जग्गा बेच्नेलाई जसरी पनि कारबाही गरेरै छोडने बताएका छन । साहारामा आश्रित परिवारका सदस्यहरुले नेकपाका नेताहरुको नाम नै लिएर आफुलाई साहारा छोडन धम्की दिने गरेको बताएका छन ।

तत्कालिन बेलबारी गाविसका अध्यक्ष तथा सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बरालले जग्गा बिक्री भएको स्वीकार गरेका छन । उनले आयआर्जनको काम गर्ने उद्देश्यका साथ बिक्री गरेको, आश्रित परिवारलाई रोजगारीको व्यवस्था गर्ने बताए । उनीहरुलाई बेलबारीकै नेकपाका केही नेताहरुले बालग्राम छोडन धम्की दिएको उनीहरुले गुनासो गरेका छन । संस्था स्थापना हुनुपुर्व सो जग्गा खरिद गर्दा हर्कमान तामाङले रकम लगानी गरेको बताएपनि नेकपाका स्थानीय नेताहरु उनले लगानी केही पनि नरहेको र बालग्राममा भएका कम्प्युटर देखि कार्पेट सम्म तामाङले लगी सम्पत्ति दुरुपयोग गरेको बताउँछन । नेकपा वडा नम्बर २ का संयोजक सीताराम न्यौपानेले तामाङको तत्कालिन समयमा लगानी गर्ने हैसियत नभएको बरु त्याँहाका सबै सामान लैजाने देखि कम बालबालिका भएपनि बढी देखाएर कितर्ने गरी रकम खाएको आरोप लगाए ।

घटनामा नेकपा (नेकपा)का नेता जोडिएपछि मंगलबार बिहान नेकपा बेलबारीको बैठक जारी रहेको छ । बैठकमा जग्गा बिक्रीको बिषय र संलग्नहरुलाई के गर्ने भन्ने बिषयमा बैठक चलिरहेको नेकपाका जिम्मेवार एक नेताले जानकारी दिएका छन ।

साहारा परिवारको जग्गा ब्यत्तिको नाममा बिक्री भएपछि नेपाली काँग्रेस र समाजवादी पार्टी बेलबारीले बिरोध जनाएको छ । पुर्वसाँसद हर्कमान तामाङदेखि पुर्ब गाबिस अध्यक्ष शिवप्रसाद बराल लगायत अन्य नेकपाका नेताहरुको समेत मिलेमोतोमा जग्गा बिक्री भएको भन्दै नेपाली काँग्रेसका नगर सभापति शम्भु भटराईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सो जग्गा संस्थाकै नाममा फिर्ता हुनुपर्ने र सोही ठाँउमा आश्रय लिएर बसेकाहरुलाई त्यहि बस्न दिनुपर्ने र बिक्रीमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

समाजवादी पार्टीका स्थानीय नेता केशब थापामगरले सार्वजनिक जग्गा वेचिएको बारेमा पार्टीको ध्यानकर्षण भएको बताएका छन् । सो विषयमा नगरपालिकालाई ध्यानकषर्ण गराउँदै सार्वजनिक जग्गा फिर्ता हुनुपर्ने र संलग्नलाई कारबाही गर्न माग गरेको नेता थापामगरले बताएका छन् ।

सम्बन्धित खवर