साइनो समचारदाता
चितवन । लिम्बु बिद्यार्थी मञ्च चितवन जिल्ला कार्यसमितिको दोश्रो ऐतिहासिक अधिबेशन सम्पन्न भएको छ, । शनिबार भएको अधिबेशनले अभिनम कन्दङवाको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा जेन्सेन थक्सोबा, सचिबमा बिन्ज्वला लिम्बु, सहसचिबमा सिवानी थोप्र, कोषाध्यक्षमा रोषनी थोप्रा, सदश्यहरूमा सोनाम कन्दङवा, सुनिल लिम्बु, स्वस्तिका लिम्बु, सुसिक्षा कन्दङवा, आकृति मादेन, अभिन्नदन कन्दङवा, सुमन लिम्बु र सागर कन्दङवा छन् । तात्कालिन अध्यक्ष स्मृति कन्दङ्बाको अध्यक्षता भएको अधिबेशन मन्चका बरिष्ठ उपाध्यक्ष नितेश सिङ्गक, भरतपुर महानगरपालिका वाड न १२ का वडाअध्यक्ष नरेन्द्र कन्दङवा, किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य भबेन्द्र कन्दङवा, मञ्चको महासचिब उत्सब सङबाङफे र मञ्च चितवनको संस्थापक अध्यक्ष मिलन प्रकाश कन्दङवाले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए ।

















