साइनो समचारदाता
पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का प्रदेश १ को प्रथम ऐतिहासक प्रादेशिक महाधिवेशन मुख्य मन्त्री मन्त्री शेरधन राईले उद्घाटन गर्ने भएको छ ।
विहीबार देखि उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा हुने महाधिवेशनको प्रमुख अतिथि समेत रहेका राईले उद्घाटन गर्ने आयोजकले बताएको छ । फोनिज महाधिवेशन आयोजक समितिका संयोजक एवम् प्रदेश १ का इन्चार्ज दिपीन राईका अनुसार महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले विहान ८ बजे गर्ने कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनका लागि सबै जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक उपस्थित हुने क्रम सुरु भएको आयोजकले जनाएको छ । करिब ३ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने महाधिवेशनमा १० लाख ९५ हजार खर्च लाग्ने अनुमागन गरिएको फोनिज प्रदेश १ तदर्थ समितिका संयोजक एवम् प्रदेश इन्चार्ज दिपिन राईले जानकारी दिए । महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वा्चित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वा्चित हुनेछन् ।

















