एनआरएनएद्वारा मिक्लाजुङ घटनाकी खजुमलाई १ लाख सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

एनआरएनएद्वारा मिक्लाजुङ घटनाकी खजुमलाई १ लाख सहयोग

साइनो समचारदाता

काठमाडा । गैरआवासीय नेपाली संस्था (एनआरएनए)को परोपकारी परियोजनाअन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा १ लाख रुपैयाँ प्रदान गरेको छ ।

सीतालाई प्रदेश नं. १ को सरकारले अध्ययन गराउँदै आएको कारण उनी काठमाडौं आउन पाइनन् । सीताकी आमा बुद्धमाया फियाक काठमाडौं आएकी थिइन् । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरको उपस्थितिमा सहयोग प्रदान गरिएको हो । सहयोग प्रदान गर्दै एनआरएन मलेसियाका सदस्य राम नेपालले समितिको मासिक वैठकमा परोपकारी परियोजनाको प्रस्ताव आउँदा सल्लाहकार योगेन्द्र कुँवरले मिक्लाजुङ नरसंहारको कुरा ल्याएको बताएका थिए । त्यसै प्रस्तावअनुसार यस सहयोग हस्तान्तरण गर्न सफल भएको नेपालले बताए । सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सहिसदुपयोग हुनेमै विश्वास रहेको कुँवरले बताए । सीता खजुमकी आमा बुद्धमाया फियाकले हत्यारालाई आफ्नो जीवनकालमा देखेर मात्र मर्न पाउँ भनेर बिन्ति गरेकी थिइन् । हत्यारा चाँडो पत्ता लगाएर सजाय दिलाई आफ्ना गुमेका सन्तान, आफन्तहरुले शान्ति पाउन् भन्ने उनको कामना थियो ।

कसरी भएको थियो मिक्लाजुङ घटना ?

गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका गरेका थिए । नौ जनाको एकजनाले हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन नौ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन ।

बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन् ।यस्तै धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ । बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी थिइन् ।

हत्यालगत्तै मानबहादुरको आत्महत्या

नौ जनाको हत्या भएलगत्तै मानबहादुर माखिमले आत्महत्या गरेका छन् । उनको शव घरनजिकै झुन्डिएको अवस्थामा भेटिएको थियो । परिवारमा बेमेल भएपछि पत्नी मनकुमारी फियाक मानबहादुरलाई छाडेर माइतमा बस्दै आएकी थिइन् । मानबहादुर मलेसियाबाट घटनाएको मितिदेखि दुई महिनाअघि फर्किएका थिए । नरसंहार हुनु र आत्महत्या गर्नुले घटनाको शंका ज्वाइँ मानबहादुर माखिमतर्फ सोझिएको थियो ।

सम्बन्धित खवर